|
जापान, नोभेम्बर ३ / जापानको नासुसिओवारामा गत शनिबार अन्तर विश्वास प्रार्थना सभाको आयोजना गरियो । विश्व शान्ति प्रार्थना सप्ताह अन्तरगत सो प्रार्थना सभाको आयोजना गरिएको हो । साँझ साढे सात बजे शुरू भएको सो सभाको आयोजना एशियन रूरल इन्सीच्युट र रिस्सो कोसेइ-काइ, टोचीगी केइ जापानले गरेका हुन् । दुई घन्टासम्म संचालित सो प्रार्थना सभामा नेपाल, भारत, श्रीलंका, म्यानमार लगायतका झन्डै बिसवटा देशका विभिन्न धर्म मान्नेले भाग लिएका थिए । आयोजकले शान्ति प्रार्थनाका बिषयमा र उनीहरूले जापानमा शान्ति कायम राख्न गरेका
प्रयासहरूका बारेमा पनि बताएका थिए ।
प्रार्थनाको अन्त्यमा इन्सिच्युटका संस्थापक डा तकामीले सबैलाई आशिर्बाद दिएका थिए ।
सन् १९४७ देखि शुरू भएको विश्व शान्ति प्रार्थना सप्ताहमा एकैपटक सबैले विश्व शान्तिको कामना गर्ने गर्छनन् । प्रार्थनाले एक अर्कामा सहोयग बढाउने र एकता कायम गर्न मद्दत्त पुर्याउने धार्मिक
विश्वास छ ।
संयुक्त राष्ट्रसंघको स्थापना दिनको अवसर पारेर शुरू हुने प्रार्थना सप्ताहले विश्वमा व्याप्त गरिवी, आत्महत्या, वातावरणिय समस्या, भेदभावका बिषयमा स्मरण गराउने विश्वास गरिन्छ । प्रार्थनामा ति सबै समस्याका विरूद्ध लड्न एक हुने प्रण पनि गरिन्छ ।
|