|
|
'दण्डहीनताको अन्त्यका लागि राज्यलाई दबाब
नेपाली सेनाद्वारा चरम यातना दिएर ब्यारेकभित्रै मारिएकी काभ्रेकी किशोरी मैना सुनारमाथि आधारित फिल्म 'मैना' सार्वजनिक गरिएको छ । केपी पाठकको निर्देशन रहेको उक्त फिल्मको सोमबार राजधानीमा विशेष प्रदर्शनी गरिएको थियो । मुख्य भूमिकामा नयाँ कलाकारले अभिनय गरेका छन् यस फिल्ममा । सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारण नागरिकले राज्यपक्षबाट पाएका सास्तीका शृंखला यस फिल्ममा समेटिएको छ । आपराधिक कर्मर्मा संलग्न दोषी पत्ता लागिसक्दा पनि सरोकारवाला निकायले तिनलाई कारबाही नगरेकाले आफूले मैनामाथि फिल्म बनाएको निर्देशक पाठकले बताए 'दण्डहीनताको अन्त्यका लागि राज्यलाई दबाब दिने उद्देश्यले मैले सिनेमा बनाएको हुँ,' निर्देशक पाठकले भने । मैनाकी भूमिकामा इमाडोलकी अनिता केसीले अभिनय गरेकी छिन् भने अन्य कलाकार पनि नयाँ अनुहारका छन् । नयनराज पाण्डेको आलेख रहेको यस फिल्ममा रामेशले संगीत दिएका छन् । |
|