|
gobinda dahal
हाम्रो कल्चरले हामीलाई बाँधेको छ
सेक्सबारे तपाईंको के धारणा छ ?
यसको बारे सबैलाई थाहा छ । मैले भनिरहनुपर्ने जरुरी नै छैन ।
विहेको सोचाई केही छ कि ?
अहिले सोच छैन । हेरौँ दुई–चार वर्षपछि ।
सेक्स मानवीय आवश्यकता हो ?
सायद भगवान्ले जरूरी देखेर नै बनाएको होला । वंश सञ्चालनको लागि आवश्यक छ सेक्स ।
सेक्सबारे कुरा गर्न हामी नेपाली किन सङ्कुचित छौँ ?
हाम्रो कल्चरले हामीलाई बाँधेको छ । यसैले हामी खुलेर कुरा गर्न सक्दैनौँ । यही नै राम्रो ।
उमेरले ‘सेक्स' डिमाण्ड गर्छ । पूर्ति गर्न के गर्नुहुन्छ ?
भोक लाग्दा मान्छेले कुनै न कुनै तरिकाबाट खाना खान्छ, त्यस्तै त्यो पनि जरूरत भएपछि मान्छेले कुनै न कुनै तरिकाबाट पूर्ति गरिहाल्छ ।
संसारकै सेक्सी महिला को हुन् जस्तो लाग्छ ?
मान्छेको आ–आफ्नै हेर्ने तरिका हुन्छ । छोटो लुगा लगाउँदैमा सेक्सी देखिने र लामो लुगा लगाउँदैमा ‘सेक्सी' नदेखिने भन्ने हुँदैन। राम्रो पर्सन्यालिटी भएका संसारका कुनै पनि केटी ‘सेक्सी ! देखिन्छन् । म यो मात्रै भनेर भन्दिनँ ।
महिलाको कुन भाग अथवा कुन अङ्ग सेक्सी लाग्छ तपाईंलाई ?
कसैको हेराइमा नै सेक्स अपील हुन्छ, कसैको ओठ सेक्सी हुन्छ । कसैको अनुहार, कसैको बडी स्टक्चर, कुनै पनि भाग सेक्सी लाग्न सक्छ । यो नै भन्ने लाग्दैन। हेर्ने नजरले पनि ‘सेक्सी' कुनै पार्ट हुनसक्छ ।
तपाईं रेजिना उप्रेतीको चाहिँ कुन पार्ट ‘सेक्सी' लाग्छ ?
यो नै भन्ने छैन । म हिरोइन हुँ, यसैले मेरो ‘फेस'देखि हरेक अङ्गमा सेक्सी देखियोस् भन्ने चाहन्छु ।
तपाईंलाई कुन पार्ट एक्सपोज भइरहेजस्तो लाग्छ ?
त्यस्तोमा यो नै भन्ने छैन । जस्तो साडी लगाउँदा पनि मान्छे सेक्सी देखिराखेको हुन्छ । नाइटो पनि शो भइराखेको हुनसक्छ । स्थितिअनुसार के राम्रो देखिरहेको छ त्यो प्रयोग हुन्छ ।
नेपाली चलचित्र उद्योगमा पोख्त एक्सपोजरहरू छन् ?
धेरै छन् । अहिलेका हिरोइनहरू धेरै छन् । आफूलाई बुझेर आफूले गर्नुपर्ने ड्रेस सबैजसो गर्छन् । अब निर्देशकहरूले कुरा गर्ने हो भने क्यारेक्टरअनुसारको ‘एक्सपोज' उनीहरू गराउँछन् ।
बेलामौकामा विभिन्न घटनामा तपाईंको ‘कन्टोभर्सी' (विवादहरू) आइरहेकै छन् । किन यस्तो ?
म कलाकार हूँ । कलाकार भएपछि राम्रो काम गर्दा वा ! भन्छन् विवादास्पद काम गर्दा विवाद हुन्छ । विश्वको कुनै पनि चलचित्र उद्योगमा यस्तो भइरहेको हुन्छ । स्क्याण्डल हुनु भनेको यस क्षेत्रमा कुनै नयाँ कुरा होइन । मैले कामको वाह पाएँ भने पनि ठीकै छ । गल्तीको बारेमा कमेन्ट आयो भने पनि सल्लाह सम्झन्छु । अब आइन्दा यो गर्दिनँ भनेर सोच्छु ।
नेपाली चलचित्रको सबैभन्दा बढी सेक्सी नायक र नायिका को ?
यो नै भन्ने छैन । सबैजना हुनुहुन्छ । सबैको आफ्नै आफ्नै विशेषता छ ।
‘सेक्सी' इमेजका वा यसबारेकै सिनेमा बन्न थाल्यो भने तपाईं खेल्नुहुन्छ ?
अवश्य खेल्छु, किनभने त्यहाँ म हैन मेरो चरित्र मात्रै घुमिरहेको हुन्छ । |