|
|
प्रचण्ड र किरणको छुट्टाछुट्टै खेमामा विभाजित
नेकपा माओवादीको आन्तरिक विवाद चुलिएको छ । विवाद मिलाउन शिर्षस्थ नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेपनि कुरा मिल्न सकेन । बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता मोहन वैद्य किरणको छुट्टाछुट्टै खेमामा विभाजित पक्षले एकले अर्कालाई आफ्नो विचार मान्न आग्रह गरेपनि कुरा मिल्न नसकेको हो ।
स्रोतका अनुसार किरणलाई अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । स्रोतका अनुसार किरणले नेतृत्व तपाईंको विचार मेरो भन्दै उल्टै आफ्नो राजनीतिक प्रस्ताव मान्न आग्रह गरेपछि कुरा मिल्न सकेन । छलफल जारी कुरा मिलाउने सहमति भने भएको छ ।
दुवै पक्षमा केन्द्रीय समिति सदस्य बाडिएका छन् । प्रचण्डको प्रस्तावका पक्षमा डा.बाबुराम भट्टर्राई, जर्नादन शर्मा प्रभाकर, टोपबहादुर रायमाझी, हिसिला यमी, वर्षमान पुन, बलदेव, पासाङलगायत छन् ।
उता मोहन वैद्य किरणको पक्षमा सीपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, नेत्रविक्रम चन्द्र विप्लव, हरिभक्त कंडेललगायत छन् । केन्द्रीय समितिमा प्रचण्डले संक्रमणकालिन गणतन्त्रबाट लोकतान्त्रिक गणतन्त्र हुदै जनगणतन्त्रमा जानुपर्ने उल्लेख गरेका छन् भने किरणले सोझै जनगणतन्त्रमा जानुपर्ने प्रस्ताव राखेका छन् |
|