|
|
हिमालखवर पत्रिकामा आगजनी
मोटरसाइकलमा आएका चारजनाको नकाबधारी समूहले गएराती पौने दशबजे काठमाडौंको माइतिघरमा रहेको हिमाल खबर पत्रिकाको विक्रि वितरण शाखामा पसेर पत्रिका जलाएका छन् । आज निस्कने हिमाल पाक्षिकको मंसिर अंकको करिब पाँच हजार प्रति जलाएकोमा करिब पन्ध्र सय प्रति पत्रिका भने र्पूणरुपमा जलेर नष्ट भएको छ ।
उनीहरुले कार्यालयमा रहेको फोनको तार चुडाइएका छन् भने तीनथान मोवाइल समेत लुटेर लगेका छन् । घटनाको विषयमा व्यवस्थापन पक्षले पत्रिकामाथि भएको आगजनी र घटनाको विषयमा घोर आपत्ती जनाउँदै सञ्चार क्षेत्रमा हुने यस प्रकारको निन्दनीय घटना प्रति आपत्ती जनाएको छ । पत्रिका जलाउने समूहहरुको बारेमा अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । |
|