nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

यी ठग मेनपावर तपाईं पनि चिन्नुस्

Image

वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने मेनपावर कम्पनीलाई व्यवस्थित गर्न सरकारले ल्याएको ऐनलाई बेवास्ता गर्दै सयौं मेनपावर कम्पनीले एक वर्षसम्म पनि धरौटी रकम नबुझाउने मेनपावर कम्पनी खारेजीमा पर्ने भएका छन्।
सरकारले ल्याएको वैदेशिक रोजगार ऐन, २०६४ को केही दफाविरुद्ध असहमति प्रकट गर्दै ती व्यवसायी कम्पनीले धरौटी रकम नबुझाएका हुन्। एक सय २५ वटा मेनपावर कम्पनीले सरकारको निर्णयप्रति अटेर गरी सात लाख रूपैयाँ नगद र २३ लाख रूपैयाँको बैंक ग्यारेन्टी गर्नुपर्ने व्यवस्थाविरुद्ध लागेका हुन्। उनीहरूले सो व्यवस्थाविरुद्ध सर्वोच्च अदालत पनि पुगेका थिए। तर अदालतले मेनपावरको पक्षमा निर्णय गरेको थिएन। सो निर्णयपछि सार्वजनिक सूचना प्रकाशित गरी त्यस्ता कम्पनीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको हो। हाल ती कम्पनीको सम्पूर्ण काम–कारबाही रोक्का गरिएको छ। तोकिएको अवधिमा बैंक ग्यारेन्टी नतिर्ने मेनपावर कम्पनीलाई कारबाहीको अन्तिम प्रक्रियामा पुर्‍याइएको बताइए पनि हालसम्म तिनको दर्ता खारेज भने गरिएको छैन। विभागले ऐनअनुसार मेनपावर कम्पनीलाई धरौटी रकम जम्मा गर्न २०६४ को भदौ १८ देखि एक वर्षको म्याद दिएको थियो। त्यस अवधिमा पनि धरौटी रकम जम्मा नगर्न कम्पनीको दर्ता खारेज गर्ने प्रक्रियामा श्रम तथा रोजगार प्रवर्द्धन विभाग लागेको हो। व्यवसायीको आग्रहमा एक वर्षको अवधिमा विभागले पुनः एक साता पनि थप गरिएको थियो। सो लगत्तै समयमा धरौटी रकम नबुझाएका एक सय २५ कम्पनीलाई विभागले स्पष्टीकरण मागेको थियो। त्यसमा ४२ वटा कम्पनीले मात्रै स्पष्टीकरण दिएका थिए। अन्य ८३ वटा कम्पनीले स्पष्टीकरण नदिएको कारण दर्ता खारेज गरिने छ। काम विशेषले विदेशमा रहेका कारण समयमा धरौटी बुझाउन नसकेको स्पष्टीकरण दिने कम्पनी भनेका छन्। तिनको उक्त भनाइप्रति विभागले अनुसन्धान गरिरहेको बताइन्छ। स्पष्टीकरण चित्तबुझ्दो भए तिनको रोक्का गरिएको कार्य फुकुवा गरिनेछ। स्पष्टीकरण नदिने अन्य ८३ वटा कम्पनी भने स्वतः खारेज हुने छन्। बेरोजार, गरिब, अशिक्षित युवाबाट वैदेशिक रोजगारका नाममा करोडौं रूपैयाँ ठगिरहेका बेला सरकारले ३० लाख धरौटीको व्यवस्था गरेको हो। यसअगाडिको ऐनमा पाँच लाख रूपैयाँ नगद धरौटी र २५ लाखको जायजेथा धरौटी राख्ने प्रावधान थियो। तर उक्त जायजेथा अधिकांश मेनपावर कम्पनीले देखाउने गरेका थिएनन् भने कतिपयले नाममात्रको देखाउने गर्दथे। जसले गर्दा ठग कम्पनीको बिगबिगी बढेको बताइन्छ।खारेजमा चलखेल
८३ वटा मेनपावर कम्पनी खारेजीको अवस्थामा पुगेपछि कारबाहीबाट बच्न केही कम्पनी पैसाको चलखेलमा लागेका छन्। कारबाहीको हल्ला चलाएकै भरमा पैसा कमाउन पल्किएका विभागका कर्मचारीको पनि ठूलै चलखेल हुन थालेको विभागका कर्मचारी बताउँछन्। खासगरी समयमा धरौटी नबुझउने तर स्पष्टीकरण दिएका कम्पनी काम–कारबाही फुकुवा गर्न बढी कमिसनको बार्गेनिङ भइरहेको विभाग सम्बद्ध स्रोतले जानकारी दिएको छ। कम्पनीको अनुसन्धान गर्ने जिम्मेवारी लिएका विभागका निर्देशक कृष्णप्रसाद दवाडी नै अहिले कमाऊधन्दामा लागेको बताइन्छ। त्यसो त, खारेजको प्रक्रियामा रहेका कम्पनीले अर्को नाममा आफ्नो काम जारी राखेको पनि बताइन्छ। विगतदेखि नै बद्नाम कम्पनी नै अहिले नाम परिवर्तन गर्ने बहानामा पनि धरौटी रकम नबुझाएको चर्चा छ।
यी कम्पनी खारेज हँुदैछन्
दर्ता खारेज गर्न लागिएका मेनपावर कम्पनीहरू

मिलन इन्टरनेशनल, दि न्यू गोर्खाज इन्टरनेशनल, सांग्रिला इन्टरनेशनल, सन इन्टरनेशनल ओभरसिज, नेपाल ओभरसिज इम्प्लोइमेन्ट सर्भिस, फेवा इन्टरनेशनल म्यानपावर सप्लायर्स, अल आजाद इन्टरनेशनल इम्पलाइमेन्ट एजेन्सी, गोर्खाली फोरेन इम्प्लोइमेन्ट, मकालु इन्टरनेशनल, अल सौगात ओभरसिज, हा174ती ओभरसिज, बुद्ध ओभरसिज, एटलान्टिक ओभरसिज, युनिभर्सल ओभरसिज, हित ओभरसिज, ओसियन इन्टरनेशनल, पिनाकल ओभरसिज, विशेष ओभरसिज, मिलेनियम ओभरसिज, विराट कन्सल्टेन्सी, देउराली ओभरसिज, त्रिशक्ति ओभरसिज, न्यू स्टार ओभरसिज, एभरेष्ट नेपाल म्यानपावर, युथ प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस, मिलेनियम म्यानपावर कन्सल्टेन्सी, क्यापिटल ओभरसिज, करिमन इन्टरप्राइजेज, सितारा ओभरसिज, जापान ओभरसिज, एक्सिस ह्युमन रिसोर्स, फिनिक्स म्यानपावर, क्वालिटी ओभरसिज, मर्स्याङ्दी ओभरसिज, डेस्टिनेशन ओभरसिज, सुप्रिम ओभरसिज, हाई हिमालयन गोर्खा, ब्ल्यू मुन ओभरसिज, ल्याक्चे ह्युमन रिसोर्स, पाथिभरा मेनपावर, फ्लोरिडा रिकुमेन्ट, दाना ओभरसिज, सिटिजन ओभरसिज, जिल इन्टरनेशनल, सगरमाथा इन्टरनेशनल, सुपरस्टार, त्रिवेणी ओभरसिज, न्यू गोर्खाज इन्टरनेशनल, मदन मेघ ओभरसिज, ए वान ओभरसिज, ब्ल्यू हेवन इन्टरनेशनल, हिमशिखर ओभरसिज, कान्जिरोवा ओभरसिज, चौचा174ी नेपाल, जयकाली ओभरसिज, जेभी इन्टरनेशनल, नेपाल प्लेसमेन्ट, भिजन इन्टरनेशनल, खप्तड इन्टरनेशनल, क्यापिटल ओभरसिज, मोनालिसा ओभरसिज, नुप्से ओभरसिज, एलायन्स ओभरसिज, ओभरसिज प्लेसमेन्ट, च्याङ्वा ओभरसिज, चेरेसी ओभरसिज, डीएनबी एसिया, कस्मिक इन्टरनेशनल, एभरेष्ट इन्टरनेशनल, युनिभर्सल टिम मेनपावर, ब्रिलियन्ट ब्रदर्स एन्ड कम्पनी, माया ओभरसिज, ब्रेम गोर्खा इम्प्लोइमेन्ट, विजे ओभरसिज, जव ट्रयाक रिकुटिङ, आशिष ओभरसिज, होराइजन इन्टरनेशनल, ताज इन्टरनेशनल, अक्सफोर्ड इम्प्लोइमेन्ट, अब्बा इन्टरनेशनल, इम्प्लोइमेन्ट एन्ड री इम्प्लोइमेन्ट, आयो गोर्खाली, माई मेनपावर, फोर सिजन ओभरसिज, सिल्वर लाइन रिकुटिङ, लुम्बिनी ट्रान्स वर्ल्ड, एसीसी म्यानपावर, रोजबर्ड नेपाल, म्याजेस्टिक ट्रेड विन्स, मानसरोवर, कालीगण्डकी ओभरसिज, स्वर्गद्वारी इन्टरनेशनल, आरबी ग्रुप ओभरसिज, सागर ओभरसिज, जेनियल ओभरसिज,रोयल नेपाल ओभरसिज, मोर्डन ओभरसिज, अन्नपूर्ण गोर्खा, जेबी इम्प्लोइमेन्ट, ड्रिम्स इन्टरनेशनल, एलपीसी प्रालि, लामा इन्टरनेशनल, ड्रिम अचिभर्स, डिस्कोभर ह्युमन रिसोर्स, ह्युमन कन्टिनेन्टल सिभिल सपोर्टिङ, नेपाल इन्टरनेशनल, केवियल इन्टरनेशनल, पाम इन्टरनेशनल, बजाज ओभरसिज, सुमी ओभरसिज, नेपाल ओल कन्सर्न, भेराइटी मेनपावर, चिनारी इन्टरनेशनल, अम्बर इन्टरनेशनल, बृहस्पति सर्भिसेस, टि्रजा इन्टरनेशनल, सोनाली ओभरसिज, मोर्डन टाइम रिकुटिङ सर्भिसेस, इन्टरनेशनल जब लिंक, काठमाडौं ह्युमन रिसोर्स, अल एशिया इन्टरनेशनल र शवनम इन्टरनेशनल रहेका छन्। Sanghu weekly 

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1