नेपालीहरुको महान चाड तिहार कुवेतमा रहेका नेपालीहरुले पनि रमाइलो पुर्वक मनाएका छन् ।
तिहारको अबसरमा कुवेतमा कार्यरत नेपाली दिदी बहिनीहरुले नेपाली दाजुभाई लाई सातरङले भरिएको सप्तरंगी टिका , कहिल्लै नओइलाउने मखमली, सयपत्रि फुलको माला र कहिले पनि नसुक्ने तेल को रेखीलगाउदै विधिपूर्वक पूजा गर्नुको साथै टीका लगाइदिएका थिए ।
कुवेत जस्तो खाडीमुलुकमा पनि नेपालीहरुले संस्कृति, सभ्यता,रिती रिबाजलाई सम्झेर परम्परागत रुपले चलिआएको चलन अनुसार दियो कलसको पूजा गर्दै दाजु भाईको शत्रुको रुपमा यमराजलाई मान्दै ओखर पनि फोरेका थिए । देउसी खेल्नुको साथै मादल बजाई नाज गान पनि गरेका थिए । |