SEARCH:
powered by Live Search

nepal flag पोर्तुगल

 

 

Dangerous Accident

 

बारा, २५ कात्तिक
नोभेम्बर १०, २००८
बाराको रतनपुरी गाविसस्थित हलखेरिया जंगलमा तीन वर्षदेखि तपस्यामा बस्दै आएका तपस्वी रामबहादुर बमजन सोमबार सार्वजनिक भए । उनले जंगलमै आफ्ना 'भक्तजन’लाई भेला गराएर प्रवचनसमेत दिएका छन् । आफ्नो बाल्यकालको वर्णनबाट प्रवचन सुरु गरेका बमजनले आफू ६ वर्षको हुँदा गाउँनजिकै मरेको मानिस जलाइरहेको देखेपछि मानिसको किन र कसरी मृत्यु हुन्छ भन्ने खोजमा लागेको बताए । धर्मशास्त्रले भनेअनुसार समाज नचलेकाले देशमा हिंसा बढेको उनको भनाइ थियो ।


'मानिसले धर्म पालन गर्न छाडेकाले नै यहाँ हत्या-हिंसा बढेको हो,’ उनले भने । बमजनले तपस्याको माध्यमबाट आफू समाजमा शान्ति ल्याउन लागिपरेको दाबी गरे । धर्मको माध्यमबाट नै मानिसले सुख प्राप्त गर्न सक्ने उनले उल्लेख गरे । करिब ४५ मिनेट बोलेका बमजन प्रवचनका क्रममा पटक-पटक अड्किएपछि नजिकै बसेका एक लामा सहयोगीमार्फत आफ्ना भनाइ पूरा गरेका थिए । सहयोगी लामासँग बमजनले तीनपटक कानेखुसी गरेर प्रवचन सिध्याए । विभिन्न जिल्लाबाट आएका हजारांै भक्तजनले तपस्वीबाट आशीर्वादसमेत थापेका थिए । तपोवन संरक्षण समितिले स्थानीय एफएम र पत्रपत्रिकामार्फत तपस्वीले सार्वजनिक भई प्रवचन दिने सूचना गरेपछि दर्शन गर्न आउनेको संख्या बढेको थियो । ०६२, जेठबाट जंगलमा निराहार तपस्यामा बसेका भनिएका बमजन यसअघि दुईपटक बेपत्ता भएर पुनः सार्वजनिक भएका हुन् । बमजनले मंसिर ३ गतेसम्म आफ्ना भक्तजनलाई ँदर्शन’ दिने बताएका छन् ।  

    रेडियो औडियो

 

 

 

LIVE FM

BFBSGORKHA FM

NEPAL FM LIVE

HITS FM LIVE       

Nepal National Anthom