|
|
बि आर चोपडाको निधन
2008-11-07,Friday

प्रसिद्ध भारतीय फिल्म निर्माता बिआर -बलदेवराज चोपडा) को ९४ वर्षको उमेरमा निधन भएको छ । उनका एक छोरा र दुई छोरी छन् । धुलका फूल, वक्त, नयाँ दौर, कानुन, हमराज, इन्साफका तराजुलगायत फिल्म बनाएका छन् उनले ।
ठूलो पर्दाको अतिरिक्त सानो पर्दामा पनि उनको देन उत्तिकै छ । आमभारतीयको मनमा रहिरहने काम गरेका छन् सिरियलको माध्यमबाट । महाभारतको कथामा आधारित सिरियल महाभारत अहिले पनि प्रसिद्ध मानिन्छ । अर्का प्रसिद्ध निर्माता निर्देशक यस चोपडा उनका भाइ हुन् ।
२२ अपि्रल १९१४ मा पन्जाबको लुधियानामा उनको जन्म भएको थियो । लाहोर विश्वविद्यालयवाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका थिए । फिल्म निर्माणमा लाग्नुअघि उनी पत्रकारितामा संलग्न थिए ।
सन् १९५५ मा आफ्नो फिल्म निर्माण कम्पनी बिआर फिल्मस् दर्ता गरेका थिए । वेश्यावृत्ति र पुनर्विवाहका विषयलाई चोपडाले महत्त्व दिन्थे । उनले निर्माण गरेका प्रायः फिल्ममा कुनै न कुनै तवरबाट यस्ता विषयले स्थान पाउँथे । |
|