nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

अरुणिमाले लेखिन फिल्म को कथा

हिरोइनले फिल्ममा लगानी गर्नु नौलो कुरो रहेन । बरू, हिरोइनले फिल्मको स्क्रिप्ट लेख्नुचाहिँ 'आश्चर्य' हुन सक्छ । र, यसको सुरुवात भएको छ- अरुणिमा लम्सालबाट । उनले नयाँ फिल्म 'दीपशिखा'को स्क्रिप्ट लेखेकी छिन् ।

 

   arunima_lamsal_1176623667.jpgarunima_lamsal_1868704909.jpg31160000-621.jpgarunima_lamsal_910017296.jpg

     निर्देशक नरेश पौडेलको 'ड्रिम-प्रोजेक्ट' मानिएको 'दीपशिखा'को चर्चा चल्न थालेको दुई वर्षअगाडिदेखि नै हो । तर, फिल्मको औपचारिक सुरुवात भने बिहीबार बंगलामुखी मन्दिरबाट गरिएको छ । दुई चलचित्र निर्माता संघका अध्यक्षद्वय अशोक शर्मा र राजकुमार राईको संयुक्त सहभागितामा 'दीपशिखा'को मुहूर्त सम्पन्न भएको छ ।

मुहूर्त सटमा अरुणिमा, जीवन लुइँटेल, नीरज बराल र ममता प्रधानले अभिनय गरेका थिए । निर्देशक पौडेलले अरुणिमाबाहेकका यी सबै कलाकार लामो समय लगाएर छनोट गरेका हुन् । राजेश हमाल र निखिल उप्रेतीबिना नै उनले फिल्मको प्याकेजिङ गरेका छन्

यसअघि श्रीमान् निर्माता भएको अवस्थामा हिरोइनहरूले कथासम्म लेख्दै आएका हुन् । कुनै हिरोइनले स्क्रिप्टमा कलम चलाएको यो सम्भवतः पहिलो फिल्म नै हो । अरुणिमाले आफ्नो स्क्रिप्ट्मा कस्तो कथा उधिनिछिन् त ? सबैलाई चासो लाग्नु स्वाभाविकै थियो । तर, अरुणिमा भने अहिले नै कथाको रहस्य खोल्ने पक्षमा छैनन् । उनले भनिन्, 'अहिले नै सस्पेन्स किन खोल्नु ?'

स्क्रिप्ट लेखे पनि डायलगको जिम्मेवारी भने अरुणिमाले निर्देशक पौडेललाई नै सुम्पेकी छिन् । डायलग पनि उनैले लेख्दा फरक त पर्ने थिएन । तैपनि अरुणिमाको तर्क यस्तो छ, 'डायलगचाहिँ अलि परिपक्व मानिसले लेख्नु राम्रो हो, त्यसैले त्यो काम नरेश सरलाई दिएकी हुँ ।'

अमृता ढकालको लगानी, शम्भु सापकोटाको छायांकन, वसन्त श्रेष्ठको नृत्य र एनबी महर्जनको द्वन्द्व रहेको 'दीपशिखा'को छायांकन केही दिनमै सुरु हुने बताइएको छ । अमृता आर्टस् प्रालिको ब्यानरमा बनेको यो फिल्म निर्देशक पौडेलको होम-प्रोडक्सन हो ।

 

 

छोराहरु ले पनि अगाले बाबुको बाटो

निर्माता एवं वितरक उद्धब पौडेलले आफ्ना छोरा निरकलाई निर्देशनमा उतारेका छन् । आफैंले निर्माण गरेको चर्चित चलचित्र 'कुसुमे रुमाल'को सिक्वेल बनाउने जिम्मेवारी दिएर । छोराको कार्यशैलीमा उनको आँखाले

खोट देखेको छैन । अझ नेपाली सिनेमामा नयाँपन भर्न नयाँ पुस्ताकै आगमनको खाँचो देखेकाले छोरालाई यो क्षेत्रमा ल्याउन प्रयास गरेको समेत बताउन पछि परेका छैनन् उनी ।



कुरा आफ्नो छोराको मात्र होइन । 'ट्युनिङ' मिलाउने बाहनामा अन्य सहकर्मी पनि छोरा पुस्ताकै रोजे उनले । शम्भुजित बाँस्कोटाका छोरा सौर्यजितको संगीत एवं उदितनारायण झाका छोरा आदित्यको स्वरमा चलचित्रको सांगीतिक सामग्री तयार पारेपछि उद्धबसँग गतिलै विषय बन्यो 'नयाँ पुस्ताको सहभागितामा नयाँ शैलीको सिनेमा निर्माण हुँदैछ' भन्नका लागि । पौडेलले ठानेका थिए- 'छोरा पुस्ताको करामतको खुब चर्चा होला ।' तर, सो चलचित्रको अडियो क्यासेट विमोचन समारोहमा त्यस्तो प्रतिक्रिया सुनिएन । बरू धेरैको मनमा लागेको रहेछ- 'नयाँ पुस्ताले त नयाँ विषयमा सिनेमा बनाएको भए पो । यो त कुसुमे रुमालको आडमा चल्ने प्रयास मात्र होलाजस्तो छ ।'

त्यसो त 'सिक्वेल' बनाउन तम्सिएका नयाँ पुस्तालाई आशीर्वाद दिने मूल सर्जक पनि थिएनन् समारोहमा । 'कुसुमे रुमाल'का निर्देशक तुलसी घिमिरे, संगीतकार रञ्जित गजमेरको योगदानलाई पनि सिक्वेलकर्मीले सम्भिmएनन् । तथापि मूल चलचित्रका नायक भुवन केसीले भने चलचित्रको सिक्वेल तयार हुन लागेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

नेपाली चलचित्रका दर्शकसामु नयाँ शैली पेस गर्न आएका निरकको भागमा कस्तो नतिजा हात लाग्ने हो, हेर्न बाँकी नै छ । तर, चलचित्रकर्मी बाबुका छोराहरू भने यो क्षेत्रमा खासै सफल छैनन् । नामको सूची लामै छ, बाबुको बाटोमा लाग्ने छोराहरूको । तर, सफल छोराहरूको सूची भने छोटै छ । प्रकाश थापाका छोरा विजय थापा निर्देशनमै क्रियाशील व्यक्ति हुन् । उनले केही टेलिसिरियल र दुई चलचित्रको निर्देशन गरेका छन् 'मलाई माफ गरिदेऊ' 'सुन्दर मेरो नाम'को निर्देशन गरेका विजयको ख्याति भने त्यति उचो रहन सकेन । निर्देशनको मैदानमा उत्रिँदा थापाप्रति धेरै आशा गरिएको थियो

शम्भु प्रधानका छोरा चंकीको चासो पनि चलचित्रतर्फ नै तानिएको छ । निर्देशक बाबुका यी छोरा भने 'क्यामेराम्यान' बन्ने धुनमा छन् । 'मलाई यो विधामा रुचि छ,' चंकीले आफ्नो इच्छा सुनाए । प्रधानकी छोरी ईश्वरी हाल सिने-क्षेत्रभन्दा बाहिर छिन् । तथापि चलचित्र निर्देशनमा आफ्नो रुचि रहेको उनले बताइन् । 'म इन्ट्री गर्ने बाटो हेरिरहेको छु । मेरो पुनरागमन अभिनयबाट मात्र हुँदैन' भन्छिन् उनी ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1