nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

पकेट मनी कति बोक्छन् कलाकार

नोवेम्बर ९

नेपाली कलाकार आफ्नो गोजीमा कति पैसा बोकेर हिँड्छन् ? अनि त्यो 'पकेट मनी' केमा खर्च हुन्छ ? पर्दामा देखिने चिल्ला र सुकिला मुहारलाई कुनै दिन चरम आर्थिक संकटले घेरेको होला कि नहोला ?

नायक निखिल उप्रेतीको गोजीमा प्रायः कति रुपैयाँ हुन्छ ? चार-पाँच हजार, १० हजार या अझै धेरै ? कसैले यो अनुमान लगाउँदै छ भने ऊ गलत हुनसक्छ । नायक उप्रेतीको गोजीमा 'खर्च' जम्मा पाँच सय रुपैयाँ मात्रै हुन्छ । शनिबार दिउँसो हलचल चलचित्रको सुटिङका लागि पोखरा जाँदै गरेका निखिलको गोजीमा उपत्यकाबाहिरको सफरमा जम्मा ३५ सय रुपैयाँ थियो । 'म सधैं सुटिङमै व्यस्त हुने गर्छु । त्यस कारण मेरो पैसा खर्च हुन्न । सुटिङमा सबै खर्च निर्माताकै हुन्छ, तर पनि गाडीमा पेट्रोल हाल्न र मोबाइलको रिचार्ज कार्ड किन्न भनेर ३५ सय रुपैयाँ बोकेको छु । तर, अरू बेलामा त पकेटमा पाँच सय रुपैयाँभन्दा हुँदैन,' निखिलले भने, 'प्रायः सुटिङमै हुने हुँदा निर्माताले नै पेट्रोल हालिदिन्छन् ।' 'स्ट्रगल पिरियड' का धेरै दिनहरू 'गोजी टाट' भई बितेको बताउने निखिलले भने, 'झन्डै नौ महिनाअघिबाट 'मदिरा सेवन' त्यागेको छु । त्यसैले खासै पैसा खर्च हुँदैन मेरो त ।'

अहिलेकी चर्चित नायिका रेखा थापा 'आफू गाडी चढ्ने भएकाले' गोजीमा पाँचदेखि १० हजार बोक्ने बताउँछिन् । 'म क्यास मनीबाहेक क्रेडिट कार्ड पनि 'युज' गर्छु । मेरो पकेट मनी पि्रपेड मोबाइलको रिचार्ज कार्ड किन्न र गाडीमा पेट्रोल हाल्नमा खर्च हुन्छ । तर, सधैं चाहिँ खर्च हुँदैन । मलाई कुनै कुरा मन पर्‍यो भने किनिहाल्छु । त्यसैले कहिलेकाहीँ त पकेट मनीले नपुगे क्रेडिट कार्डबाट पनि पैसा चलाउनुपर्छ । निर्माता अशोक शर्माको गोजीमा चाहिँ दुई हजारदेखि २५ सय रुपैयाँसम्म हुने गर्दछ । 'स्ट्रगल पिरियडमा त कयौं दिन गोजीमा एक सुको पनि हुँदैन्थ्यो । अचेल दुई हजार-पच्चीस सय टुटाउँदिनँ,' शर्माले अगाडि थपे, 'म जाँड-साँड, चुरोट, पराग केही खान्नँ । त्यसैले साँच्चै भन्ने हो भने मेरो त पैसै खर्च हुन्न यार । तर, गाडीमा पे्रटोल हाल्नलाई चाहिँ पैसा बोक्छु । भैपरी आउने समस्याहरू टार्न पनि त पैसा बोक्नुपर्‍यो नि ।'

नायिका पूजना प्रधानको पर्समा चाहिँ अचेल दुई-तीन हजार हुने गर्दछ रे । पहिला, कहिलेकाँही एक सुको पनि नहुने गरेको बताउने पूजनाले भनिन्, 'म क्यास मनी थोरै बोक्छु । परिआएमा क्रेडिट कार्ड प्रयोग गर्छु । अचेल अध्यात्मातिर लागेकाले पूरै भेजिटेरियन भएकी छु । त्यसमाथि पनि बाहिर हम्मेसी केही खान्नँ । मेरो पैसा धेरैजसो ट्याक्सी भाडामा खर्च हुन्छ ।'

नवनायक राज तिमिल्सिनाको गोजीमा प्रायः १५ सय रुपैयाँ हुने गर्दछ । हिरो बन्न काभ्रेबाट काठमाडौं आएर संघर्ष गर्दाका दिनहरूमा टेम्पु भाडा पनि नभएर कयौं दिन बल्खुको डेराबाट डान्स सिक्न पुतलीसडक आउँदा हिँडेरै आउने गरेको बताउने राज त्यो १५ सय खाजा खान, बाइकमा पेट्रोल हाल्न र मोबाइलको रिचार्ज कार्ड किन्नमा खर्च हुने बताउँछन् ।

नायिका सिर्जना बस्नेत प्रायः तीन हजार- ३५ सय बोक्छिन् । भन्छिन्, 'म काम नहँुदा घरमै बसिरहन्छु । त्यसैले पैसा खर्च हुँदैन । सपिङमा जाँदा चाहिँ १०-१५ हजार बोक्ने गर्दछु ।' नायक धीरेन शाक्य 'क्यास' खासै बोक्दैनन् । 'म क्रेडिट कार्ड प्रयोग गर्छु । गाडीमा पेट्रोल हाल्न, कफी पिउन दुई-तीन हजार रुपौयाँ खर्च हुन्छ,' धीरेनले भने । निर्माता नरेश पौडेलको गोजीमा अचेल टन्नै 'गाँठ' छ । 'सोमबारदेखि मेरो नयाँ फिल्म दीपशीखाको सुटिङ हुँदै छ । त्यसैले अहिले मेरो गोजीमा पैसै-पैसा छ । तर, अरू बेलामा मेरो गोजीमा दुई-तीन हजार मात्रै हुन्छ । बाइकमा पेट्रोल हाल्न पैसा खर्च हुन्छ । अफिसमा हुँदा त अफिसको खर्च छुट्टै भइहाल्यो,' पौडेलले भने, 'म वर्षमा ६ महिनाजति मात्र 'खानपिन' (मदिराजन्य पदार्थ) सेवन गर्छु । त्यति बेलाको खर्च चाहिँ छुट्टै हुन्छ । नत्र भने अरू कुरामा मेरो पैसा खर्च नै हुन्न ।'

निर्माता/निर्देशक महेन्द्र बुढाथोकीको गोजीमा हम्मेसी दुई हजार रुपैयाँ टुट्दैन । भन्छन्, 'बाइकमा पेट्रोल, कहिलेकाँही साँझमा आफैंलाई पेट्रोल हाल्न, चियाखाजामा पैसा खर्च हुन्छ । छँदै छैन भन्दा पनि पाँच सयको नोट पर्सको भित्रपट्टि लुकाएर राखेको हुन्छु । कहाँ, कति बेला के पर्छ-पर्छ ।' नवनायक सुरज आरडी पनि हम्मेसी आफ्नो गोजीमा दुईटा हात्तीले साथ नछोड्ने बताउँछन् । 'बाइकमा पेट्रोल, मोबाइल, साथीभाइ भेटघाट, चियासिया, कामको योजना, यिनैमा हुन्छ मेरो खर्च,' सुरजले बताए, 'म नगदबाहेक एटिएम कार्ड पनि प्रयोग गर्छु ।'

नवनायिका रञ्जना शर्माको पकेट मनी ट्याक्सी भाडामै खर्च हुन्छ । भन्छिन्, 'म काम नपरी घरबाहिर हिँड्दिनँ । बाहिर हिँड्दा भैपरी आउने खर्चका लागि १५ सय रुपैयाँसम्म बोक्छु ।' रञ्जनाका पति निर्देशक श्याम भट्टराई आफ्नो गोजीमा १५ सयदेखि दुई हजारसम्म नटुटाउने बताउँछन् । उनी भन्छन्, 'पकेट मनीबाहेक एटिएम कार्ड पनि चलाइन्छ । पहिला त कयौं दिनसम्म पनि गोजीमा सुको हुँदैन्थ्यो । तर, अहिले चाहिँ त्यो स्थिति छैन ।'

स्रोत्-नयाँपत्रीका

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1