|
सुचना! सुचना!! सुचना!!!
एन आर एन पोर्तुगलको दोश्रो राष्टिय महाअधिबेशन आगामी २५ डिसेम्बर २००८ का दिन लिस्बोन मा हुने भएकोले सदस्यता नबिकरण गर्न बाँकी रहनु भएकाहरुले नबिकरण गर्न तथा नयाँ सदस्यता लिन चाहनु हुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले तपसिल बमोजिमको कार्यबिधी भित्र रही यथाशिघ्र सदस्यता लिनु हुन हार्दिक अनुरोध गरिन्छ।
तपशिल
१. सदस्यता लिने ब्यक्ती नेपाली नागरिक हुनुपर्ने छ ।
२. कम्तीमा पनि १८२ दिन भन्दा बढी पोर्तुगलमा बसेको आधीकारीक प्रमाण पेस गर्नु पर्नेछ।आधीकारीक प्रमाण नभएकाहरुले नेपालबाट १८२ दिन भन्दा पहिला डिपार्चर भएको प्रमाण अनिबार्य रुपमा पेस गर्नु पर्ने छ।
३. सदस्यत लिने ब्यक्ती १६ बर्ष उमेर पुगेको हुनु पर्ने छ।
४.सदस्यता फारम साथ १ प्रती फोटो,पासपोर्ट कपी र १० युरो सदस्यता दस्तुर बुझाउनु पर्ने छ।
५. सदस्यता लिनको लागि निम्न अनुसार आफुलाई पायकपर्ने एन आर एन का पदाधिकारीहरु सँग संपर्क गर्न सकिनेछ ।
जयराम लाम(रातो),सुर्य हमाल (अल्भालाडे),राजेन्द्र गुरुङ्(अन्जोस्),बल खत्रि(अन्जोस्),सुरेन्द्र अम्माइ
( सान्तोस),प्रमिला खनाल (ग्रासा), बेल्काजी गुरुङ (अल्गार्ब),राम पुन (अल्गर्ब),झलक सुबेदि(अल्गर्ब), सालीग्रम अर्याल्(अल्गर्ब) लक्ष्मण देब्कोटा (पोर्तो), झलक के सी (रोसिओ)।
६. सदस्यत लिने अन्तिम म्याद १५ डिसेम्बर २००८ सम्म।
७. सदस्यता फारम नपाउनु भएका साथी हरुले तल को ईमेल मा संम्पर्क गर्न सक्नु हुनेछ।
nrnportugal@yahoo.com
झलक के. सी.
संयोजक |