nepal flag

 पोर्तुगल

 

सत्य तथ्य, एवं निष्पक्ष तथा मनोरन्जनपूर्ण समाचारहरूको लागी नेपाल पोर्तुगाल डट कम शुरू गरेका छौ । तपाईहरूको अमूल्य  सहयोग तथा सुझावको अपेक्षा गर्दछौ । nepalportugal@yahoo.com

 

दैनिक पत्रपत्रिका 

कान्तिपुर

गोरखापत्र

नेपाल समाचारपत्र

अन्नपूर्ण पोष्ट

राजधानी

महानगर

नयाँ पत्रिका

द हिमालयन टाइम्स्

काठमाण्डौं पोष्ट

राइजिङ नेपाल

खोजतलास

टेलिग्राफ

वेब पत्रिका 

नेपाल सिंगापुर डट कम

सीआरआइ अनलाइन

डामाडोल डट्कम्

ईनेपालन्यूज डट् कम

युरोनेपाल डट कम

केटाकेटी डट ओआरजी

मलायनेपाल डट कम

नेपालसमाचार डट् कम्

नेपाल दुबई डट कम

नेपाल मलाय खबर

नेपालीकोरिया डट कम

नेपाल अरब डट कम

नेपाल कतार डट कम

नेपाल कोरिया न्युज

नेपाल होराइजन्स

नयाँ संबिधान जेठ भित्रै भन्ने

नोवेम्वर १६/

संविभानसभा कार्यव्यवस्था परामर्श समितिले आगामी २०६७ जेठ पहिलो साता भित्रमा संविधान लेखन कार्य सम्पन्न गर्नेगरी संविधान लेखनको कार्यसूची पारित गरेको छ ।
यसअघि वर्षको जेठ १४ गते सम्पन्न गर्नेगरी संविधानसभा सचिवालयले बनाएको कार्यसूचीमा सामान्य परिवर्तन गरी आज बसेको बैठकले जेठको पहिलो साता संविधान निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी आगामी १३ गते संविधानसभाका उपाध्यक्षको निर्वाचन गर्नेपनि निर्णय गरेको एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिए ।
आजैको संविधानसभाको बैठकले यो कार्यसूचीलाई अनुमोदन गर्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधान निर्माणका क्रममा जनतासँग गरिने आतरक्रियाको समय पनि थपगर्ने निर्णय गरेको छ । व्यवस्थापिकाको हैसियतमा संविधानसभाको बैठक सकिएपछि संविधानसभा बैठक बसेको हो ।
व्यवस्थापिको बैठक भर्खर सुरू भएको छ । बैठकको विषेश समयमा बोल्दै नेपाली काङ्गे्रसका लक्ष्मण घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहसँगको भेटमा भएका अहिलेसम्म पनि सदनमा जानकारी नगराइएको आरोप लगाउदै अविलम्व जानकारी गराउन माग गरे ।
व्यवस्थापिकाको बैठकमा अर्थमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्र ऋण उठाउने विधेयक २०६५ र ऋण तथा जमानत सोह्रौ संशोधन विधेयक २०६५ पारित गरियोस् भनि प्रस्ताव पेशगर्ने कार्यक्रम रहेको छ । आजदेखी संविधानसभा बैठकको सुरूमा राष्ट्रिय गान बजाउन सुरू गरिएको छ ।
यसैगरि आगामी १३ गते संविधानसभाका उपाध्यक्षको निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यतालिकालाई आजै बस्ने संविधानसभाको बैठकले पारित गर्ने कार्यक्रम रहेको छ । यसैगरी, संविधानसभा व्यवस्थापिकाको बैठक अहिले संविधानसभा भवन नयाँबानेश्वरमा बसिरहेको छ भने बैठकमा अहिले विशेष समय चलिरहेको छ ।
मुलुकको नयाँ संविधान निर्माण प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । संविधान निर्माणको कार्यतालिका सार्वजनिक गरिएपछि आजैदेखि नयाँ संविधान निर्माणकार्य औपचारिक रूपमा सुरू भएको मानिने छ । शुक्रबार बसेको संविधानसभाको पूर्ण बैठकले संविधानसभा नियमावली पारित गरेपछि संविधान निर्माणको वैधानिक बाटो खुलेको हो ।

 

नेपाली पत्रिकाहरु

नेपाल न्युज डट् कम्

कान्तिपुर अनलाइन्

न्युज अफ नेपाल

हिमाल खबर अनलाइन्

अनलाईन खबर

माई संसार डट्कम

डिसी नेपाल डट्कम

नेपालब्रिटेन डट् कम्

समुद्रपारि डट् कम्

फ्रि नेपाल डट कम

नेपाली पोष्ट

एचके नेपाल

उपयोगि लिंक्सहरु 

नेपाली युनिकोड

नेपाली-अग्रेजी मिति रुपान्तरण

गिनीज बुक डटकम

अमेरिकन डिभि

नेपाली क्यालेन्डर

नापतौल रुपान्तरण

साइबर संसार डट कम

डेटिङ साईटहरु

रेसस क्याफे डट कम

खत्तम डट्कम

परिचय डटकम

फुर्सद डटकम

फिल्म नेपाल

नेपाली साइट डट कम

 

Copyright © 2008 www.nepalportugal.com. All Rights Reserved.

  2008-9-1