|
नेपाली सेना बन्न माओबाद छाडनु पर्ने

नोभेम्बर १३/ नेकपा एमालेका महासचिव झलनाथ खनालले नेपाली सेनामा समायोजन भइसकेपछि माओवादी जनमुक्ति सेनाले पार्टीको सिद्धान्त छाड्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाली सेनामा चाहिने मापदण्ड पुगेको खण्डमा मात्र माओवादी सेना नेपाली सेनामा समायोजित हुन सक्ने प्रष्ट पार्नुभयो । झापामा संचारकर्मीसँग कुरा गर्दै खनालले सेना समायोजनका सवालमा नेकपा माओवादी र नेपाली काँग्रेस दुबैले मेरो गोरूको बाह्रै टक्का भन्न नहुने उल्लेख गर्नुभयो ।
महासचिव खनालले प्रमाणीकरणमा असफल भएका र मापदण्ड नपुगेका माओवादी छापामारलाई सरकारले पुर्नस्थापनका कार्यक्रम ल्याउनु पर्ने जिकिर गर्नुभयो ।
|