|
|
माओवादीमा दुई धारको द्वन्द
२-मंसिर-२०६५,सोमवार
नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ।
राजधानीको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा सोमबारदेखि सुरु भएको बैठकमा पेश गरिएको प्रतिवेदनमा अहिले चलिरहेको पार्टीको भावी कार्यदिशाबारे बहसको लागि विकल्प खुला राखिएको छ।
प्रतिवेदनमा पार्टीको अबको कार्यदिशा, संसदीय गणतन्त्र, संक्रमणकालिन गणतन्त्र वा जनगणतन्त्र के हुने भन्ने विषयमा केन्द्रीय सदस्यहरुले छलफल गरी निर्णय गर्ने गरी विकल्प खुला राखिएको छ।
प्रतिवेदनमा सांगठनिक र राजनीतिक विषयसँगै विभिन्न प्रकृतिका राहत प्याकेजका विषयमा पनि उल्लेख गरिएको छ।
माओवादीका ११ राज्य समितिले यसअघि नै जनगणतन्त्रमा जान पार्टी पंक्तिलाई सुझाव दिइसकेका छन्।
सोमबारकोे बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समसामयिक घटनाक्रम र पार्टीले दिनुलिनुपर्ने कार्यदलका विषयमा उल्लेख गरिएको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ।
प्रतिवेदन पेश गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारमा पार्टीको सहभागितादेखि आागमी दिनमा खेल्नुपर्ने भूमिकाका विषय समेटिएको जानकारी दिनुभयो।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा संयुक्त सरकारको बाध्यताका कारण चाहेर पनि साचेजस्तो कार्य गर्न नसकेको उल्लेख रहेको स्रोतले बताएको छ।
५ गतेबाट सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा लैजाने प्रस्तावका विषयमा गम्भीर छलफल हुने बताइएको छ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ भने त्यसभित्र आफ्नो माग नसमिटिए संगठन प्रमुख मोहन वैद्य किरणले तत्काल जनगणतन्त्रको विषयमा जाने छुटै प्रस्ताव राख्नुहुनेछ।
अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन तयार गर्नुअघि संगठन विभाग प्रमुख किरणसँग सोमबार छलफल गर्नुभएको बताइएको छ।
अन्तरिक सरकार सविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति सफल भएको भन्दै नेता किरणले अब जनविद्रोहको प्रस्ताव अघि सार्नुभएको छ।
तर प्रचण्डलगायतका नेताहरुले भने अहिलेको उपलब्धिलाई संस्थागत गर्दै अघि लाग्नुपर्र्ने प्रस्ताव राख्नुभएको स्रोतले बताएको छ।
स्रोत्-वीक्लिनेपाल |
|