|
|
सरकार-बिद्रोही बार्ता सुरु
शान्तिमन्त्री तथा सरकारी वार्ता समितिका संयोजक जनार्दन शर्मा प्रभाकर’ले सप्तरीको छुट्टाछुट्टै स्थानमा तर्राईमा संर्घषारत तीनवटा समूहका नेतासँग प्रत्यक्ष भेटवार्ता र एउटा समूहका नेतासँग टेलिफोन वार्ता गर्नुभएको छ।
आइतबार राति सुरक्षा निकायलाई समेत जानकारी नदिई सप्तरीको भारदह पुग्नुभएका वार्ताटोलीका संयोजक शर्माले भारतीय सीमा क्षेत्रनजिक रहेको सशस्त्र प्रहरी बेस क्याम्पस बेल्हीछेउमा रहेको बेल्ही गाउँको एक घरमा मधेस राष्ट्रिय जनतान्त्रिक पार्टी प्रवक्ता विवश बिद्रोहीसँग ४५ मिनेट वार्ता गर्नुभएको थियो।
वार्तास्थलमा सशस्त्र तथा नेपाल प्रहरीले कडा सुरक्षा गरेको थियो।
सोमबार बिहान भारतको कुनौली बजारमा उक्त समूहका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम मिलाइएको भए पनि भारतीय सीमा सुरक्षा बल र स्थानीय सञ्चारकर्मीको उपस्थितिका कारण उक्त कार्यक्रम स्थगित गरी भारतीय नम्बर प्लेटको बलेरो जीपमा प्रवक्ता व्रि्रोही नेपाली सीमाको बेल्ही गाउँको एक घरमा आएपछि ४५ मिनेट वार्ता भएको थियो।
शान्तिमन्त्रीले वार्तापछि केही बोल्न चाहनु भएन तर प्रवक्ता व्रि्रोहीले भन्नुभयो- वार्ता थियो, हामीहरूले आŠना मागहरू प्रस्टरूपमा राख्यौं।’
वार्ता प्रक्रिया अघि बढिरहँदा कार्यकर्तालाई प्रहरीद्वारा मारिने, पक्राउ गरिने कार्य जारी रहेकाले प्रहरीलाई सुधार्न आग्रह गर्यौं’, प्रवक्ता व्रि्रोहीले भन्नुभयो- हाम्रा कुरा सरकारमा राख्ने र सरकारको औपचारिक धारणा छिट्टै र्सार्वजनिक गरिने मन्त्रीले बताउनुभएको छ।’
सरकारी धारणा सकारात्मक रूपमा आए आफूहरू छिट्टै औपचारिक वार्तामा बस्ने बिद्रोहीले सञ्चारकर्मीलाई बताउनुभयो।
यसअघि आइतबार राति सप्तरीको त्रिकोलमा भाइरस किलर्सका केन्द्रीय सैन्य कमान्डर गौरव’ तथा तर्राई जनकाली पार्टी अध्यक्ष अरमानसँग सप्तरीको गोइठीमा मन्त्रीले वार्ता गर्नुभएको थियो।
वार्ता राति २ बजे टुंगिएको थियो। वार्तामा सहभागी एक नेताका अनुसार वार्ता सकारात्मक रहेको छ। वार्तामा सहभागी केन्द्रीय सदस्य अनिलले वार्ता सकारात्मक रूपमा भएको बताउनुभयो।
मन्त्री शर्मा प्रहरी स्कटिङको गाडीमा चढेपछि महोत्तरी पुगी भिठ्ठामोरमा संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका वार्ता टोलीका संयोजक कौटिल्य शर्मासँग भेट गर्नुभएको थियो। उहाँले जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वालासिंह समूहका अध्यक्ष नागेन्द्र पासवान उर्फज्वाला सिंहसँगसमेत टेलिफोनमा वार्ता गर्नुभएको थियो।
मन्त्री शर्माले सोमबार राजधानी र्फर्किने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभयो। उहाँले चारवटा समूहसँग भेटवार्ता भएको पुष्टि गर्नुभयो। मन्त्री शर्माले वार्ताको क्रममा उनीहरूले वार्ताको सहज वातावरण बनाउन माग गरेको बताउँदै यसलाई आफूले वार्ताको गुणात्मक प्रक्रियाको शुरूआतको रूपमा लिएको जानकारी दिनुभयो।
स्रोत्-समाचारपत्र |
|