|
गजल - बाबुराम भुसाल शील Saturday, April 24, 2010 |
| गजल
बाबुराम भुसाल `शील´
पर्वत,नेपाल , हाल-पोर्तुगल
शान्ति आफ्नो नाम भन्दै अब केही गरौं भन्थ्यौ
पराइको त के भर छ र आफै बिउ छरौं भन्थ्यौ
छुवाछुत र जात जातिको सबै बिउ हटाएर
नेपालीको जात भनि सँगै जिबन तरौं भन्थ्यौ
शान्ति भनि जन्माउने आमाको मुहार हँसाउन
मर्नै पर्यो भने पनि सगँसँगै नै मरौं भन्थ्यौ
मधेसदेखि पहाड, तराई भेदभाव हटाउनलाई
पहाडबाट अलि कति तराईनेरै झरौं भन्थ्यौ
आत्मिता, शील, स्वभाव घनिष्ठता सबै जोडी
एउटै माला गाँस्नलाई अलि नजिक सरौं भन्थ्यौ
|
|
|