भनिन्छ “कोही न कोही पाखुरो पोई”, समय चक्र संगै वैदेशिक यात्रामा दौडिरहेको, आँधि र तुफानको यात्रामा अवरोध पन्छाउदै सुन्दर संसार बनाउने चाहाना बोकेर अगाडी बढिरहेको म तल्लाघरे जेठो आज त गोरे नै गोरेको देशमा पो आई पुगेछु । विशाल भवन, अति सुन्दर वस्ति राम्रा बगैचाहरू, सफा र सुन्दर मानिसहरूले साच्चै नै दोस्रो संसारको अनुभूती बनाउदो रहेछ । भिन्न भाषा संस्कृती रहनसहन, मित्रभाव देख्दा त कता कता आफु एक्लो भएको महसुस् हुदो रहेछ ।
समय बिताउदै जादा, साथिहरूको साथ खोज्दै भैतारिएको यो मन एक दिन आफ्नो गाँउको तल्लाथोके कान्छा संग भेट भयो । लामो समय गोरेहरूको सेवा गरेर आफुलाई सभ्य र सबुल ठान्ने, बिचारले स्वार्थी मनिसको पहिचान गराउने, सहयोग स्वार्थका लागी गर्ने विशाल हृदय भएका कान्छा दाई लामो समय वैदेशिक जिवन विताई सकेका रहेछन् । सायद त्यसैले होला आफ्नो संस्कृती, मातृभुमी, परिवार र भाईचारालाई विर्सियर गोरेहरूलाई सर्बसर्बा ठानी आफुलाई सफल र सभ्य भन्ठानेका । त्यो भन्दा ठुलो कुरा उनलाई त्यहाँ बस्नको लागी कागज पनि भएका मान्छे पो रहेछन ।
“नहुने की छोरी हुनेमा परी उम्लेर मोरी” भने झै सवुल र सभ्य भन्ठान्ने तल्लाथोके कान्छादाई नेपाली भाई बन्धुप्रति खासै मन पराउदा रहेछन् । शुरूमा साच्चै नै आफ्नै आफ्नै जस्तै बनाउने केहि दिन संगत गरी हेर्दा अरूले केहि पनि जानेका छैनन् म नै सर्वसर्वा जाने बुझेको मान्छे हु, भन्ठान्ने पो रहेछन् । त्यहि क्रममा उनि संग मेरो पनि भावानात्मक आत्मिय सम्वन्ध गासिन पूग्यो ।
म त आफ्नो मान्छे रे ! आफ्नो पनि सबै भन्दा नजिक को रे ! आफ्नो दिल दिन सक्ने रे ! यस्तो कि भनाईले त एउटा प्रियसीलाई गरिने व्यवहार जस्तो माया, त्यसमा जोडिएको आफ्नो वैदेशिक यात्राको पाठले मलाई नतमस्तक बनायो । मलाई लाग्न थाल्यो मैले कतै आफ्नो बुबा पछिको मान्छे त भेटिन ? यो कुराले आफ्नो मनमा आफै प्रश्न गर्ने पो थाल्यो, म पनि उस्तै मान्छे जाहाँ अरू मान्छेको स्थान नै नदिन । हुन त सिमा भन्दा माथी गए पछि कसरी सहन सक्छु र यसो भन्दा आफुले आफुलाई धमण्डी भन्यौ या स्वार्थी, असहयोगी तर पक्कै नराम्रो विचार लिएर हिड्ने मान्छे म पनि त होईन । यो भनाई पनि कतै स्वार्थीको भनाई त भएन भन्ने लागिरहन्थ्यो । जे भए पनि सानै उमेर देखी बाबा ले ठुला मान्छेको संगत गर्नु बाबु भन्नु हुन्थ्यो । कतै ति ठुला मान्छे जुन मैले संगत गरे कतै तिनिहरू नै खराव त थिएनन् । मनले अर्को प्रश्न गर्न पनि पछि परेन् । सफल र सभ्य भन्ठान्ने मान्छेले खराव भन्दा आफुलाई पनि त सोच्नु पर्र्यो नि । धेरै म सोचे, विचार गरे, अनि साथीहरू संग दुखेसो पोखे अनि आत्मिय साथीलाई नजिक बाट उसलाई र उसको व्यवहारको अध्यायन गर्न थाले । यस्तो परिस्थिती आयो कि कता कता हजूरबुबाले मलाई भन्नु हुन्त्यो, “बाबु म १७ वर्षको हुदा बिहे गर्न माहाजनको बाट ५०० रूपैया ॠण लिएको थिए । त्यो ॠण लिए बापत हामीले बर्षायाममा २ खेताला, वालि थन्काउदा १ जना खेताला अनी चाडपर्वमा चोखो मिठो र वर्ष भरिको व्याज गरी सबै बुझाउनु पर्थो । हजुरबुबाले बिहेमा लिएको ॠण बाबाको बिहे सम्म पनि बुझाउन सकिएन बाबु किनकी माहजनले ॠण तिर्न जादा चुक्ता गरेर ॠण नै फिर्ता नलिने रे” । यसरी दासी भएर एउटा जिवन बिताएको थिए । त्यो रकमको हिसाव र मेरो मेहनतको मुल्य हिसाव गर्ने हो भने एउटा करोडपति सरहको सम्पन्ति हुने थियो । तर दुःखको कुरा अझ पनि लिएको ॠण चुक्ता भएको छैन । आखिरी शोषक, सामान्ति आचरण भएको शोषककारी भए पछि एक व्यक्तिको होईन परिवारकै एक पुस्ता शोषित हुन पुग्दो रहेछ ।
त्यस्तै झै मलाई पनि त्यो कुराको याद आयो । आफ्नो अधिकारलाई उपभोग गर्नु, अरूको शोषण र दमन नसहनु र इमान्दार हुनु भन्ने हजुबाबाको कुराले मलाई छट्टपट्टी पाररिरहन्थ्यो सायद आज त्यो दिन आउने थिएन होला जुन विवसतामा आरूको गुलामी भई जिन्दगी विताउन वाध्य छु । यदि हजुरबुबाको त्यो ५०० ॠण नहुदो हो त? भए पनि त्यो ॠण दिने साहु माहाजन नहुदो हो त आज आफ्नै मातृभुमीमा छाती फुकाएर हिडने थिए होला त्यो हाम्रो हात भन्दा टाठा नै रह्यो । त्यसको असर मेरो बुबा र म अहिले संग भोगिरहे छौ । माहाजनको अन्ययले आफ्नो मानव अधिकार कुन्ठीत गर्नु हुदैन भन्दै संधर्ष गर्दै अगाडी बढदा अत्यचारको थिचोमिचो सहन नसकेर बिकाश, मानव अधिकार भएको यूरोप भैतारीदै सात समुन्द्र पारी आएको त याहा पनि हजुरबुबाको पालाका माहाजन भनाउदाका पलातिहरू पो यहा आईपुगेका रहेछन । जसरी सोझा जनतालाई शोषण र दमन गरेका थिए त्यसको परिणाम पलातिहरूले याहा पाएका रहेछन । त्यो देखेर मलाई मनमा कुरा खेल्न थाल्यो, हामी त तिनिहरूको दमनले विदेशिन वाध्य भयौ तर माहाजनका परिवार किन यसरी विदेशीयका होलान ? मन्ने मनमा प्रश्न उठ्न थाल्यो, कुरा खेल्दा खेल्दै मेरो त मुख बाट आवाज पनि निस्केछ । अनि नजिकैका एक जाना बुढा मान्छेले भने “कहिले शासुको पालो छ कहिले बुहारीको” म त दङ्ग परे कसरी बुढाले मेरो मनको कुरा थाहा पाए भनेको त माहाजनकै साहिला भाई समाजसेवी मुरारीधर पो रहेछन । गाउमा सांक्षर भए पछि अन्याय, अत्याचारको विरूद्धमा सर्घस गर्ने क्रममा माहाजनका परिवार लाई त्याहा बाट खेदेका पो रहेछन । त्यसैले बुढापाकाले भन्थ्ये “सहे देख्न पाईन्छ” । त्यहि भएर पलायन भएका रहेछन मेरा हजुरबाबाका अत्याचारी माहाजनका पलातिहरू । अनि खै कसरी मिल्थ्यो र तिनिहरूको स्वभाव संग मेरो स्वभाव ।
समनताको आवाज उठाउदै आधा जिवन विताई सकेको म कसरी अरूको अन्ययमा सामेल हुन सक्छु र यदि वाध्याताले धुलमिल हुन पर्र्यो भने पनि मेरो हजुरबाबाले भनेको उक्तीले धिर्कार्ने छ । मेरो भरोषामा जिन्दगी विताई रहेका बाबा, आमा, श्रीमती सबै परिवारहरूले धिर्काने छन्। त्यसैले कदापी दमनकारीहरूको दमन सहन हुदैन मैले, बरू आफ्नै बुद्धिले एक दिन सडकमा भोकै सुत्न किन नपरोस, मागेर खान किन नपरोस दमन र शोषकाकारी छायाँ मा पर्न हुन्न म । अब म मेरो पाखुरा जुदाएर, हात खुट्टा खियाएर म भए पनि, ज्यानको बाजी लगाएर अत्याचारको अगाडी लड्ने साहास बोकेर अगाडी बढि रहेको छु । अब म माथी कुनै बाधा अर्चन आउने छैन । किनकी म अत्याचारीको दमन जरै देखी फाल्न ज्यानको बाजि लगाएर अगाडी बढेको मेरो पाईलामा मेरो हजुरबाबा, बाब र जन्म दिने आमाको तातो रगत छ भने मेरी प्राण प्रिय मायाँको साहस छ। हिडे म अन्त्य गर्न हिडे ... अच्याचारीको अन्त्य गर्न ।
मनो विश्लेषात्यमः लेख
भानु सापकोटा, लिस्वोन पोर्तुगल