loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
नेपालमा राजनितिक उपलब्धी र त्यसको रक्षा
Wednesday, February 17, 2010

अर्जुन सुनार
लिस्वन पोर्चुगल

नेपालको राजनितिक घटना क्रमहरुलाई नियल्दा विगतका सात दशकमा निकै उथलपुथल भएको देखिन्छ । यद्यपि त्यस पूर्व पनि उतार चढावहरु नभएका हैनन् । चाहे त्यो नेपाल यकीकरणका क्रममा होस् वा राज्य सत्ता हस्तान्तरणका क्रममा नै होस् । नेपाल एकीकरणका सन्दर्भमा नाक कान काटिने काण्ड देखि कोत पर्वसम्मका घटनाहरुलाई पनि राजनितिक घटनाका रुपमा नै गन्न सकिन्छ । तर उन्नाइसौं सताब्दीको पुर्वार्धको अन्तरतिर देखिका घटना क्रममा आम नेपाली नागरिकको चासो र सहभागीता समेत देखिएको छ । उक्त घटना क्रममा अमुक व्यक्तिको स्वार्थ भन्दा माथि उठेर आम नागरिकको स्वार्थका लागि भनेर संघर्ष गरेको देखिन्छ । यद्यपि ति संघर्षका परिणामहरुको विश्लेषण बांकी नै छ । यस कारणले पनि ति घटना क्रमहरुले विशेष महत्व राख्द छ । यस बीचमा कैयौं राजनैतिक घटनाहरु भएका छन् । ठूला ठूला परिवर्तनका सम्भावनाहरुको ढोका खुलेका छन् । आंसीक रुपमा परिवर्तन पनि भएको छ । विशेष गरी २००७ २०१५ २०३६ २०४६ २०६२।६३ सालहरु उल्लेख्य रहेका छन् । इतिहास देखि वर्तमानसम्म नेपाली जनताको प्रत्यक्ष सहभागितामा भएका उल्लेखित आन्दोलनहरुले जुन सम्भावनाहरुको बाटो खोलेको थियो ति सम्भावना र उपलब्धीहरुको रक्षा गर्न नसक्नु नै नेपालीहरुको दुर्भाग्य हो । यदि उपलब्धीहरुको रक्षा गर्न सकेको भए आजसम्म नेपाल यो अवस्थामा रहिरहने थिएन । कल्पना गरौं जापान स्विजरलेण्ड जस्ता देशहरुको विकास क्रम र आर्थिक सम्पन्न राष्ट्रको दांजोमा पुग्ने हैसियत राख्न सक्दथ्यो । नेपालको प्राकृतिक श्रोत सम्पन्नताले यही प्रमाणित गर्दछ । विडम्वना नै भनौं जब जब नेपालमा आम जनता कुनै पार्टि वा नेतृत्वको विश्वासमा आन्दोलनमा होमिने गर्दछन् स्वभाविक रुपमा जनताको बलमा केहि परिवर्तनको छांया देखिन थाल्दछ । त्यस पश्चात् तत तत पार्टि नेतृत्वलाई निश्चित रुपमा देशि विदेशि प्रतिकृया वादी शक्तिहरुले खेलाउने प्रयत्न गर्दछन् । त्यो समयमा निश्चित कार्यदिशा सिद्धान्त निष्ट भएको पार्टि र त्यसलाई सबल नेतृत्व प्रदान गर्न सक्ने दृढसंकल्प बोकेको नेतृत्वको अभावमा जनताका सपना चकनाचुर हुने गरेका छन् । र आम नेपाली नागरिकको पोल्टामा शहिद बन्ने अपां¨ बन्ने गरीबी पछौटेपनाको जिन्दगी बांच्ने बाहेक केही हुदैन । यस प्रकारको श्रृंङ्गखला २००७ २०३६ २०४६ र २०६२।६३ सालहरुसम्म चलिरहेको छ । नेपाली जनताले पटक पटक धोखा खाएको खायै छ । कुन पार्टि कुन व्यक्तिको नेतृत्वमा भन्दा पनि असक्षम नेतृत्व गन्तव्य हिन पार्टिहरुको कार्यशैलिले गर्दा नेपाली नागरिकले क्षती व्यहोर्नु परेको हो । आन्दोलनका उपलब्धीहरुको रक्षाको त परै जावोस् उल्टै नेपाल भूमिलाई नै बन्धक राख्ने नेपाली सम्पदाहरु नै एक पछि अर्को गर्दे यो वा त्यो प्रकारले विदेशि प्रभुहरुलाई भेटी चढाउने कार्य भैरह्यो । आम नेपाली जनताको नेतृत्व गर्नु भन्दा अमुक शक्तिको दलाल बन्न रुचाउने व्यक्तिहरुको हातमा हाम्रो आन्दोलनको वागडोर पर्नाको परिणाम थियो । यस कार्यमा नत राजतन्त्र चुक्यो नत तत तत समयका सत्ताधारी राजनैतिक पार्टिहरु नै चुके । सुगौली सन्धी कालापानी टनकपुर महाकाली नौमुरे पाचेश्वर लगायतका भौतिक सम्पदाहरुको लामो सूचि छ । नेपाली नागरिकहरुका लागि आत्मघाती कैयौ राजनितिक निर्णयहरुको फेहरिस्त छुट्टै छ । ति निर्णय र सम्पदाहरु बुझाउने पात्रहरु क कसका हिस्सामा परे यहां उल्लेख गर्न जरुरी छैन आम नेपालीलाई थाहा भएकै कुरा हो ।
नयां र ताजा घटनाका रुपमा उल्लेख गर्दा २०६२।६३ को आन्दोलन पश्चात् नेपाली जनताहरुले विगतमा जस्तै सपनाहरु पालेका थिए । नेपाली जनताहरुलाई शिकाइने गरेको शिक्षा देखाइने गरेको सपना थियो राजतन्त्र नै विकासको मुल बाधक हो । वास्तावमा थियो पनि । निश्चित रुपमा राजतन्त्रका विरुद्धमा आम नेपाली नागरिक सडकमा ओर्लिय । नागरिकको आन्दोलनलाई न त राजतन्त्रको मेशिनगन टैंक र अत्याधुनिक हतियारले नै केही गर्न सक्यो न त दिग्भ्रमित सेना र मण्डले गुण्डाहरुले नै रोक्न सके । आखिर हजारौं सैनिकको सुरक्षा बन्दोवस्तीमा रहेको राजतन्त्र श्रीपेच फुकालेर रातीको १२ बजे मध्येरातमा कुलेलम ढोक्न बाध्य भयो । नेपाली जनताले राहत महशुस गरे । आन्दोलनकारी शक्तिहरु र शसस्त्र युद्ध गरिरहेको आमुल परिवर्तनको चर्को कुरा गरिरहेको शक्तिहरुलाई धन्यवाद ज्ञापन गरे । त्यो दिन बितेको पनि ४ वर्ष पुग्न लागेको छ । तर ४ वर्ष को उपलब्धी हेर्ने हो भने जनताको दबाबमा राजतन्त्रको अन्त गरी गण्नतन्त्रको स्थापना बाहेक शुन्य नै देखिन्छ । अझ ओरालो लागेको देखिन्छ र कैयौं छोटे राजाहरुको उत्पत्ती भएको देखिन्छ । अझ राजतन्त्रलाई पनि उछिन्दै अन्याय ्र अत्याचारले प्रशय पाउने कार्य गर्दै अधिनायकवादी तथा सर्वसत्र्तावादी सोचले ग्रसित हुंदै नव मण्डले गुण्डाहरुलाई जम्मा पार्दै पार्टिहरु अगाडी बढी रहेका छन् ।
२०६२।६३ को आन्दोलनको माग भनेको राजतन्त्रको अन्त्य जनमुखी संविधान र शान्ति स्थापनामा केन्द्रीत थियो । तर विडम्वना फेरी इतिहासको पुनरावृत्ती मात्र भयो । २००७ २०१५ २०३६ २०४६ झै २०६२।६३ पनि जोडीन पुग्यो । अझ विगत भन्दा झन भयानक मोडमा द्रुत गतीमा ओरालो लागि रहेको छ । आन्दोलनको सफलता पश्चात् स्वघोषित क्रान्तिकारी शक्ति समेतको संसदले गणतन्त्र स्थापना गर्नु भन्दा पहिला एउटा विधेयक पास गरेको थियो । त्यो हो ुनागरिकता विधेयकु जसमा जन्मका आधारमा नागरिकता दिने लगायतका कैयौं त्रुटीहरु रहेका छन् । सोही विधेयकका आधारमा ३६ लाख नागरिकता वितरण भएको छ । जसमा ९० प्रतिशत विदेशिलाई दिइएको छ । यसरी शुरु भएको छ इतिहासको पुनरावृत्ती । जनमुखी संविधान बनाउने कार्यलाई पाखा लगाएर देशलाई जातीय तथा संघिय राज्यमा धकेल्ने कार्य भैरहेको छ । जुन विषयलाई २०६३ मंसिर १२ गते अन्तरिम संविधान जारी गर्दा समेत उल्लेख गरिएको छैन तर विडम्वना प्रतिकृयावादी शक्तिहरुको इसारामा दबाबमा परेर अन्तरिम संविधान जारी गरेको दुई महिना पनि नबित्दै पुन संसोधन गरेर संघिय राज्यको अवधारणा राखिएको छ । उक्त कार्य जनताको माग र देशको आवश्यकता भन्दा बाहिरको कुरा हो । तै पनि प्रमुख राजनितिक पार्टिहरु बाध्य छन् । अझ गहिरो कुरा नेपालमा कम्युनिष्ट आन्दोलनको ठेकेदारका रुपमा आफूलाई सम्झने पार्टिले वर्ग संघर्षका कुरालाई तिलाजली दिएर तेहि संघिय राज्यलाई आधार बनाएर जातीय राज्य घोषणा गरिसकेको छ । राज्य पुनसंरचनाका नाममा यो नांगो नाच नेपालमा भैरहेको छ । हिजोका ०६२।६३ का आन्दोलनकारी शक्तिहरु तालीपिट्न बाध्य भैरहेका छन् । राज्यमा परिवर्तन पश्चात् पुनसंरचना हुनु स्वाभाविक हुन्छ । तर त्यो के का लागि भन्ने मुल प्रश्न बन्न जान्छ । हिजो देखि पुरानो सत्ताधारी शक्तिले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि जुन संरचनाहरु तयार पारेको थियो सोही संरचनामा निश्चित रुपमा जनताका स्वार्थ सिद्ध हुन सक्दैनन् । तर परिवर्तित संरचना हिजोको भन्दा सवल र समक्ष राज्यको स्थापना गर्दौ सो द्धारा गरिने सेवा र सुविधाहरुमा आम नागरिकको सहज पहुंच हुन सक्ने एक आपसमा सद्भाव प्रगाढ हुने राष्ट्र र राष्ट्रियता प्रति सबै चनाखो तथा इमानदार बन्ने र राष्ट्र प्रेम र राष्ट्रभाव पैदा हुने खालको हुनु पर्दथ्यो । तर जुन संरचनाको खाका कोरिंदै छ । यसले फाइदा कसलाई पुग्दछ त्यो कुरा कहिल्यै यहां उल्लेख नगरौं तर निश्चित रुपमा जातीय सद्भाव भएको अखण्ड नेपाललाई नेक्सान पुग्ने पक्का छ ।
जन आन्दोलन ०६२।६३ को अर्को एजेण्डा थियो शान्ति स्थापना । यस तर्फ ध्यान दिने हो भने त अझ डर लाग्दो अवस्था छ । देशमा सायद कुनै पनि नागरिकले हिजो भन्दा आज सुरक्षित भएको महशुस गर्ने अवस्था छैन । लाग्दछ राज्यको शासन कानून हिजोका मण्डले कुण्डलेहरुको नयां रुप र नयां नाम उही ३ अक्षर वाला मात्र अक्षर फरक । पहिला का नेपाली ३ अक्षर हाल अंग्रेजी का ३ अक्षरबाट चलिरहेको छ । हत्त्यारा गुण्डा बलत्कारीदेखि ठूला ठूला माफियाहरु सबैलाई लोकतान्त्रीक र क्रान्तिकारी नामको छाताले ओतप्रोत गरिरहेको अवस्था छ । जसले जनता माथि बढी हैकम चलाउन सक्यो जसले ठूला ठूला हत्याकाण्डहरु मच्चाउन सक्यो उसलाई नागरिक सर्वोच्चता कायम गर्ने आन्दोलनकारी हौं भन्ने पार्टिको केन्द्रमा सिधै स्थान दिने प्रचलन भैरहेको छ । सडकमा स्कुले बालकहरुको हत्या गर्न पार्टिका क्याडरहरु तल्लीन छन् । सदन भित्र हतियार बोकेर प्रवेश्न भैरहेको छ । समाचार लेखेको भरमा पत्रकारको हत्या गर्नु पार्टिहरुको दिन चर्चा बनेको छ । एक पार्टिले विचार प्रकट गर्न शान्तिपूर्ण आन्दोलन गर्दा अर्को पार्टिले आन्दोलनकारी माथि शसस्त्र आक्रमण गर्दछ । यी र यस्ता खाले घटनाहरुले शान्ति स्थापनाको उपहास गरिरहेको छ । उल्लेखित कुकृत्यहरु गर्ने गुण्डाहरुको समूहले लाजै नमानी नागरिक सर्वोच्चताको कुरा उठाई नेपालीलाई अझै वेवकुफ बनाउने प्रयत्न गरिरहेका छन् । राज्यको सुरक्षा निकाय निश्कृय प्राय छ । मुकदर्शक बनेर ठुल्ठुला पार्टिका ठुल्ठुला नेताको सेवामा जुट्नु बाहेक अर्को काम केही छ भने त्यो हो उनैको दलाली गरेर सुगम ठाउंमा सरुवा तथा बढुवा मिलाउनु उही पुरानो पारा । के यही हो त ०६२।६३ को माग र शान्ति स्थापनाको उद्देश्य के यसैका लागि जुल्पी लर्काएर कुमहल्लाई हल्लाई शान्ति स्थापनाका लागि सही गरेको कदापी हैन । विडम्वना तेही भैरहेको छ ।
नेपालीहरुले पटक पटक धोका खानुमा गलत पार्टिहरु र नेतृत्व मात्रै देषि छैनन् । यसमा थोर बहुत आम जनता पनि दोषि छन् । हामी नेपालीहरु चर्का कुरा र चर्का भाषणका भरमा विश्वास गर्ने बानी भएकाले पनि दोषि छौं । आज नेपाल गम्भीर परिस्थितिको दोसांधमा उभियको छ । नेपालीहरु सर्वमौमसत्ता सम्पन्न नागरिक बन्ने सुनौलो सपनाको आधार नया जुनमुखी संविधान हो तेही संविधान बन्न नदिन हर तरहले प्रयत्नहरु भैरहेका छन् । यदी संविधान बनेमा पनि कैयौं शक्तिहरुको स्वार्थलाई प्राथमिकतामा राख्न दबाब भैरहेको छ । तत तत शक्तिहरुलाई खुशि पार्न देशका प्रमुख पार्टि तछाड मछाड गरिरहेका छन् । तेसै कार्यमा अगाडी बढ्दै जांदा अमुक पार्टिका अमुक नेता लेण्डुप दोर्जेको भूमिकसम्म पुगे पनि अब अनौठो नहुने भैसकेको छ ।
तसर्थ यो लेख मार्फत आम नेपाली नागरिकहरुलाई अनुरोध गर्दछु । विगतदेखि वर्तमानसम्म जुन उपलब्धीहरुलाई पटक पटक गुमाउने काम भयो । यस पटक गुम्न नदिन हरतरहले सचेत र सजग हुंदै सहि विचार र दृष्टिकोणलाई आत्मसात गर्दै नया जनमुखि संविधान निर्माणमा सहयोग पुर् याउनु आजको प्राथमिकता हो । नया र जनमुखि संविधानले मात्र गणतन्त्रको संस्थागत विकास हुन सक्दछ । शान्ति स्थापना हुन सक्दछ राष्ट्र समृद्ध शालि बन्न सक्छ । तपश्चात् आम नेपालीहरु स्वतन्त्र ढंगले बांच्न सक्ने छन् । यस कार्यका लागि गलत विचार र उद्देश्यहरु बोकेका पार्टि र नेतृत्वहरु प्रति सजग बन्नु पर्ने हुन्छ । अन्तयमा नेपाली उखान पहेंलो देखिने सबै सुन हुंदैनु भने झैं ठूला पार्टिहरु र चर्को भाषणले मात्र देश जोगाउन सक्छ । अमन चयन कायम गर्न सक्छन् भन्ने भ्रम नपालौं ठूलो पार्टिले मात्र देश जोगाउन सक्ने भएको भए लेण्डुप दोर्जेको पार्टिले सिक्कीमलाई जोगाउंथ्यो होला तर किन दुई तिहाई मतले सदनबाटै पास गरेर भारतलाई बुझाउंथ्यो तेसैले सहि विचार र दृष्टिकोणले मात्र देशको रक्षा हुन सक्दछ अखण्ड नेपाल रहिरहन सक्छ ।
 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: