गणेश याख्खा,
नेपाली समाजको बिशेषता वहू जातीय,वहू भाषिक,वहू-धार्मिक र वहू-सांस्कृति हो। हरेक समाजले आफ्नो पहिचान जीवन्त राख्नु उसको परम् कर्तव्य हो।जब कुनै ठाउँमा विभिन्न समुदायका व्यक्तिहरुको संख्या बृध्दिहुदै जान्छन स्वत: त्यस समुदायको भाषा,धर्म र सांस्कृतिक विकास संरक्षण संवर्दृन गर्ने अभिभार बढ्दै जान्छ। आफ्नो भाषा,संस्कृति र पहिचानलाई संरक्षण सम्भर्दन गर्नकोलागि या भाबी पिडिलाई निरन्तरता दिनकोलागि होस् संगठीत नभई अशंभव हुन्छ। तसर्थ समाजको आवश्यक हुन्छ र समाजको जन्म हुन्छ।तमु समाजले नै तमुहरुको सांस्कृतिको संरक्षण संवर्दृन गर्न सक्छ भने नेवा पुचः ले नै नेवारहरुको भाषालाई जीवन्त दिन सक्छन। शेर्पा समाजले नै शेर्पाको पहिचान बचाई राख्न सक्छ। उत्पीडित समाजलाई नै उसको पिडाको बोध हुन्छ। उन्मुक्ति उ आफ्नै समुदायबाट खोज्नु उसको अधिकार हो।पछिल्ला समयमा खोलिएका पोर्तुगलमा राजनैतिक बाहेकका सामाजिक संस्थाहरु सामाजिक रुपमा आफुलाई या त आफुलाई चर्चित गराउन नै खोलिएका हुन या त होड वाजीको लाहडमा देखासिखी गरेर समाज सेवाको ढोंग दीएर उभीएर बोल्न नै खोलीएका हुन्।
यो यथार्थ हो की कुनै पनि संस्थाको उन्नती प्रगति त्यो संस्थाको उद्देश्य,सैदान्तिक पक्ष वैचारिक स्पस्टता,कृयाशिल कार्यकर्ता,लामबद्ध शुभचिन्तक एबंम सदश्यहरु तथा यी सबै आवश्यक तत्वलाई समायोजन र परिचालित गर्ने शसक्त नेत्रित्व र संगठनको ठुलो भूमिका हुन्छ।खोलिएका संघ-संस्थाको निरन्तरतामा कति पय संघ-संस्थाहरुको त निर्माण गरिनुको औचित्व पनि पुस्टी हुन सकेको छैन। कति पय संघ-संस्थाहरुको लक्षित उद्देश्यहरु पुरा गर्न अत्यन्त चर्को देखिन्छ। वास्तवमा संघ-संस्थाहरु स्वयं साध्य होइनन् केबल साधन मात्र हुन्। साधनको सही प्रयोग गर्दा लक्ष्य प्राप्ति गर्नकोलागि सचेत रहनु पर्छ। साधनको दुरुपयोग गर्दा कहिं कसैलाई पनि लाभ हुदैन। कसैलाई लाभ होला तर त्यो नितान्त क्षणिक हुन्छ।
अन्त्यमा हामीले बुझनै पर्ने यो छ की समाजमा पहीले मानव, न समाज बिरोधी हुन्छ, न समाजसेवी। यहि समाजको शिक्षाबाट नै अध्यारोबाट ढुंगा हन्ने र ढुंगा हनिनेको जन्म हुन्छ। पर्दा भित्र र वाहिर लुका मारीको नृत्यमा रमाउनेको जन्म हुन्छ। संकीर्ण मनसीकात भन्दा माथि उठेर भावनात्मक रुपमा एककार भयौ भने सय भन्दा बढी समाजको जन्म भए पनि समाज कै निमित समर्पण हुन्छ भने,नेपाल र नेपाली समाजकोलागि खुशीकै कुरा हो। यसमा दुख मान्नु पर्ने कुनै कुरा छैन।हाम्रो भावना सधै निश्चल,निर्मल,निस्वार्थ र पबित्र हुनु पर्छ,अनी विचार पक्ष पनि उत्तिकै प्रवल छ। अन्तरक्रिया,छलफल र मन्थन गरेर एउटा सशक्त सामुहिक विचारमा सहमत भयौ भने हरेक समाज हातेमालो गर्दै हर नेपालीको मन-मस्तिस्क भित्र अटाउन सकिन्छ नत्र...............................
लेखक नेपाली आदिवाशी जनजाती महासंघ पोर्तुगलका उपाध्यक्ष हुनुहुन्छ
|