loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
चार्ल्स शोभराजमाथि लागेको आरोपलाई सदर
Saturday, July 31, 2010

सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स शोभराजमाथि लागेको आरोपलाई सदर गरेको छ । शुक्रबार सर्वोच्चले पुनरावेदन अदालत पाटनको सर्वस्वसहित जन्मकैद गर्ने फैसलालाई सदर गरेको छ । उनीमाथि हत्या गरेको तथा जाली पासपोर्ट बनाएको अभियोग लागेको थियो। न्यायाधीशद्वय रामकुमार प्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाई सदर गर्ने निर्णय सुनाएको हो । शोभराजविरुद्ध वकालत गर्ने कानून व्यवसायीहरुले भने अदालतको उक्त निर्णयको स्वागत गरेका छन्।
 
सर्वोच्चको फैसलालाई उनकी श्रीमती निहिता विश्वासले भने न्यायधीसले घुस खाएशोभराज विरुद्ध गरिएको भन्दै अन्तर्राष्टिय अदालत जाने बताएकी छिन् । शोभराजको पक्षमा वकालत गर्नेमध्येकी एक तथा सासु शकुन्तला थापाले पनि अदालतको फैसलाई आफुहरुलाई मान्य नहुने बताइन ।

अमेरिकी महिला कोन्निजो ब्रोनचिजको हत्या गरेको अभियोगमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी पाँच बर्षदेखि जेलमा थिए । शोभराज जीवनका करिब २० वर्ष विभिन्न अपराधवापत जेलमा बिताइसकेका व्यक्ति हुन। उनी ७ वटा देशका जेलमा परिसकेका छन्। उनीविरुद्ध २० वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये उनले ६ वर्ष बिताइसकेका छन् । यो फैसलाअनुसार अब उनले बाँकी १४ वर्ष जेलमै बिताउनुपर्नेछ।
 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: