|
नबलपरासी जीप दुर्घटनामा आठ जनाको मृत्यु Saturday, July 31, 2010 |
| नबलपरासीमा शनिबार विहान जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । त्यत्तिकै संख्यामा घाइते भएका छन् । अर्खलेबाट दलदलेतर्फ आइरहेको लु १ ज १८८० नम्बरको जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेर दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीयबासीले बजारतर्फ ल्याउँदै गरेको बताइएको छ । ग्रामीण भेगका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव भएकोले घाइतेहरुको प्राथमिक उपचार गर्नसमेत कठिनाई भएको छ । घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत दलदलेबाट २० किमि टाढा ग्रामिण भेगमा पर्दछ । घटनाको विस्तृत विवरण आउन सकेको छैन ।
|
|
|