loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
माओवादीसंग सहकार्य गरे मधेशबादी नेताहरु माथि भौतिक कारबाही गर्ने धम्की
Saturday, July 31, 2010

नेपालगन्ज, श्रावण १५ - जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी नामक भूमिगत संगठनले माओवादीसंग  सहकार्य गरे मधेशबादी नेताहरु माथि भौतिक कारबाही गर्ने  धम्की दिएको छ । जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी तराईमा हिसात्मक गतिबिधि गर्दै आएको शसस्त्र समृह हो । सो समूहका  अध्यक्ष तथा सर्बोच्च सैन्य कमाण्डार भगत सिंहले शनिबार प्रेस बिज्ञप्ति मार्फत सत्ताका लागि माओवादीसंग हातेमालो नगर्न मधेशवादी राजनीतिक दलहरुलाई आग्रहसमेत गरेका छन ।

'राजतन्त्र पछि तराईमा माओवादीले शासन गर्ने दिवा सपना देखिरहेको छ', सो  पार्टीका अध्यक्ष सिंहले प्रेस बिज्ञप्तिमा भनेका छन्, 'मधेश कब्जा गर्ने कुसोच बनाएको माओवादीसंग हातेमालो  गर्ने मधेशवादी नेताहरु माथि हाम्रो पार्टी जनकारबाही गर्नेछ ।

सो समूहले बिज्ञप्तिमा माओवादीलाई  प्रमुख राजनीतिक दुश्मनका रुपमा लिएको जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले सोमबार प्रधानमन्त्रिको चुनवमा माओवादीलाई  समर्थन गर्न सक्ने संभावना देखेपछि  उक्त शसस्त्र समूहले यस्तो धम्की दिएको हो ।  

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: