loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
एक मदेश एक प्रदेशको मागमा ए.माओवादी असहमत
Saturday, July 31, 2010

काठमाडौ, श्रावण १५ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार निर्माणका लागि अघि सारेको १६ बुँदे  आधारपत्रबारे केही बुँदामा असहमति जनाउदै माओवादीले शनिबार लिखित जवाफ बुझाएको छ । जवाफमा माओवादीले एक मधेस प्रदेश निर्माण पार्टी नीति नरहेको भन्दै अस्विकार गरेको छ । जवाफमा भनिएको छ, 'भौगोलिक अखण्डतामा आँच नआउने गरी आत्मनिर्णयको अधिकार सहित तराई-मधेसमा अन्य प्रदेशका साथै स्वायत्त मधेस प्रदेशका लागि पार्टी तयार छ ।'

सिंहदरवारस्थित मधेसी जनअधिकार फोरम संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादीले बहुदवाद जस्तो दार्शनिक शब्दलाई संविधानमा उल्लेख गर्न नसकिने भएपनि बहुदलीय प्रतिपष्र्धामा असहमति नरहेको उल्लेख गरेको छ ।

मोर्चाले एक मधेस स्वायत्त प्रदेश साथै आधारपत्रमा वहुदवाद स्विकार गर्नुपर्ने शर्त राखेको छ । त्यसैगरी नयाँ संविधान जारी हुनुअघिनै कार्यतालिका बनाएर लडाकु समायोजन गर्न माओवादी तयार भएपनि अहिलेनै लडाकु संख्या तोक्न नसकिने उसले जनाएको छ । छलफलपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुको जवाफ अध्ययन गरेर मोर्चाले खवर गरेपछि अर्को बैठक बस्ने जानकारी दिए ।

छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वावुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायत मोर्चाका शीर्ष नेताहरु सहभागी थिए । मोर्चामा मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई-मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी आबद्ध छन् । मोर्चाले आफ्नो १६ बुँदे आधारपत्रमा सहमति जनाउने दललाई सरकार निर्माणमा सहयोग गर्ने बताउदै आएको छ । मोर्चाको अन्य मागबारे माओवादी सकरात्मक छ ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 10

Powered by: