loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
एनआरएनहरुको स्वागतमा नेपाली राजदुताबास, फ्रान्सद्वारा रात्रीभोजको आयोजना
Saturday, July 31, 2010

-भीम के सी कमल
पेरिस, ३० जुलाइ

 
गैर आवाशिय नेपाली संघ चौथो युरोपियन क्षेत्रीय बैठक (३१ जुलाइ-१ अगष्त) मा सहभागी हुन संसार भरिबाट फ्रान्सको राजधानी पेरिसमा जम्मा भएका अगुवा एनआरएनहरुको सम्मानमा नेपाली राजदुताबास, पेरिसद्वारा राजदुत निवास रुइ अल्बेरिक म्यागनार्ड-७, पेरिसमा एक रात्रीभोजको आयोजना गरियो ।
 
फ्रान्सका लागि नेपाली महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठज्युले रात्रीभोजमा उपस्थित सम्पुर्ण पाहुनाहरुलाइ स्वागत गर्दै संसार भर छरिएर रहेका गैर आवासिय नेपालीहरुसंग भएको पुजी तथा शिल्पलाइ राष्ट्र निर्माणमा अधिकतम प्रयोग गर्न सके राष्ट्रोन्नतीमा सरकारलाइ सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । नेपाली राजदुतावास, पेरिसका प्रथम सचिब जीबन प्रकाश श्रेष्ठले संचालन गरेको अनौपचारिक कार्यक्रममा बोल्दै एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो, अन्तरराष्ट्रीय समन्वय परिषद अध्यक्ष देबमान हिराचन, युरोपियन क्षेत्रीय संयोजक क्या. हितमान गुरुङ्ग, महिला बिभाग प्रमुख उषा शर्माले आयोजक नेपाली राजदुताबास, पेरिसलाइ हार्दिक धन्यबाद दिनु भयो।
 
उक्त रात्रीभोजमा एनआरएनका संरक्षक राम प्रताप थापा, अन्तरराष्ट्रीय समन्वय परिषद पदाधिकारी तथा सदश्यहरु, बिभिन्न राष्ट्रीय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत आयोजक फ्रान्सका एनआरएन पदाधिकारीहरुको सहभागिता रहेको थियो।
 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 5

Powered by: