पोखरा,१४ साउन/ नो रिक्स र असल चालकबाट ट्याक्सी तथा माइक्रोबसका १४ जना चालकहरुलाई आज पोखरामा सम्मान गरीएको छ । ट्याक्सी ब्यावसाय समिति पोखराको २९ औ महासमिति बैठक -साधारण सभा)को अवसरमा आज पोखरा क्षेत्रमा रहेका ट्याक्सी चालकहरुलाई ६६/६७ मा कुनै पनि सवारी दुर्घटना नघटाएको असल चालक भएको भन्दै चालकहरुलाई जनहि २/२ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।सम्मानित हुने ट्याक्सी चालकहरुमा हरिबहादुर कार्की, अमिता सेरवान्जा, सुरेस गुरुङ, सेरबहादुर गुरुङ, उद्धव श्रेष्ठ, धुर्वराज गुरुङ, सुरेस केसी, जितेन्द्र बोगटी,भुलप्रसाद गुरुङ, अमरबहादुर पुन र शिवबहादुर कुवंर रहनु भएको छ । त्यसै गरी माइक्रोबस चालकमा टेकन गिरी र शिवलाल पौडेल सम्मानित हुनु भएको हो। उक्त अवसरमा ट्याक्सी ब्यावसाय समितिसंग आबद्ध अभिभावकका छोरा तथा छोरीलाई समेत सम्मान गरीएको थियो। उकृष्ट छात्र तर्फशंकर सुवेदी र उत्कृष्ट छात्रा तर्फपुजा अधिकारी रहेका छन्। सुवेदीले ८४ प्रतिशत र अधिकारीले ८६ प्रतिशत अङक ल्याउनु भएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोईरालाले जनहि ५/५ हजार साथमा सम्मान पत्रले सम्मान गर्नु भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ कोईरालाले सवारी दुर्घटनालार्य न्युनिकरण गर्न समयसयममा प्रशिक्षण आवश्यक भएको बताउदै ब्यावसायी तथा मजदुरहरुले आफ्नो अधिकारसंगै कर्तब्य पालना गर्न समेत आग्रह गर्नु भयो ।पोखरा उपमहानगरपालिकाका कार्यालयका कार्याकारी अधिकृत तिलक पौडेलले पोखराका सडकहरुमा सडक नै अबरुद्ध हुने गरी मा निर्माण सामाग्रिहरु राख्ने व्यक्तीहरुलाई कार्रबाही गर्ने चेतावनी दिनु भएको छ ।समितिका अध्यक्ष गान्दिराज गिरिको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा एकिकृत नेकपा माओबादी कास्कीका इन्चार्ज बखानसिंह तमु, एमाले कास्कीका सचिब कृष्ण थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्की, उपभोत्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोईराला, नेपाल यातयात मजदुर संघका जित बहादुर गुरुङ, प्रजातान्त्रीक पाटीका टेकन गिरी, समितिका सस्थापक अध्यक्ष असोक कुमार थापा, महासचिब बाबुराम अधिकारी, बरिष्ठ उपाध्यक्ष निलबहादुर कार्की, नेपाल यातयात स्वतन्त्र मजदुर संगठनका बिष्णु केसी, अखिल नेपाल यातयात मजदुर संगठनका रिमबस्याल लगायतले ब्यावसायि तथा मजदुरहरु एक हुनुपर्ने बताउनु भयो।समितिका सचिब मुत्तिराम अधिकारीले प्रस्तुत गरेको बाषिर्क प्रतिवेदनमा समितिमा हाल ६ सय ४ वटा ट्याक्सी र ५४ वटा माईक्रोबसहरु रहेका छन्। त्यसै गरी समितिका कोषाध्यक्ष नारायणप्रसाद उज्जरले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा ६६/६७ आर्थिक बर्षा एक करोड २८लाख रुपैया संकलन गर्न सफल भएको छ । ६७/६८ को आर्थिक बर्षा करीब ३ करोडको प्रस्तावित बजेट प्रस्तुत भएको छ ।
|