loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
अफगान युद्ध सम्बन्धित दस्तावेजको चुहावट
Friday, July 30, 2010

वासिङ्टन, १४ साउन/ अमेरिकी रक्षामन्त्री र्रवट गेट्सले अफगान युद्धसँग सम्बन्धित सुचिकृत दस्तावेजहरुको भेद खुलेकोमा आपत्ति प्रकट गर्नुभएको छ । उहाँले उक्त दस्तावेजको चुहावटबाट युद्धरत अमेरिकी सेना तथा पश्चिमी एशियाली मुलुकहरुसँगको अमेरिकी सम्बन्धसमेत खतरामा पर्ने बताउनुभयो ।
एक अज्ञात वेबसाइट 'विकीलिक्स' ले ९२ हजार पेजको अफगान युद्ध सम्बन्धि दस्तावेजको भेद खोलिदिएकोमा आक्रोशित हुनु भएका रक्षामन्त्री गेट्सले पेन्टागनलाई यसबारे 'आक्रामक अनुसन्धान' गर्न आदेश दिइएको र अमेरिकी गोप्य सूचनाको भेद खोलिदिने जो कोहीलाई पनि कडा से कडा कारबाही गर्न र तथ्य बारे छानविन गर्न अमेरिकी उच्च गुप्तचर संस्था एकबीआईलाई सुम्पिएको कुरासमेत बताउनुभयो । विकीलिक्स वेबसाइटका संस्थापक जुलियान एस्सेन्जले अमेरिकी रक्षा मन्त्रालयका यस आरोपको प्रतिवाद गर्दै अफगानिस्तान युद्धमा अमेरिकी सहयोग र शक्ति बारे विश्वव्यापी पुनरावलोकन गर्ने उद्देश्यले छलफलका लागि उक्त सूचनाहरु वेबसाइटमा राखिएको कुरा बताए, तर अमेरिकी रक्षा मन्त्रालयले भने यो एक राष्ट्र विरोधी काम भएको र यसले अमेरिकी हित विपरित सेना सहयोद्धा मुलुकहरु र स्वयम् अफगानिस्तान तथा आतङ्कवाद विरुद्धको लर्डाईमा चासो राखि सहयोग गर्ने अन्य मुलुकहरुसँगको दौत्य सम्बन्धमा आँच आउने अपराधिक कार्य भएको कुरा बताउनुभयो । विभिन्न श्रृङखलामा भेद खोलिएको ९२ हजार पृष्ठको सो दस्तावेजमा अमेरिकी रणनीति सैन्यकला चतुर्यता र युद्ध कार्य विधिलगायतका अति गोप्य सूचनाहरु चुहावट भएका छन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 11

Powered by: