loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
धितालको हत्याराबारे सूचना दिनेलाई ५० हजार रुपयाँ पुरस्कार दिने घोषणा
Friday, July 30, 2010

दाङ,१४ श्रावण/ जिल्ला प्रहरी कार्यालय दाङले सञ्चार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्याराबारे सूचना दिने व्यक्तीलाई ५० हजार रुपयाँ पुरस्कार दिने घोषणा गरेको छ । घटना भएको एक साता बितिसक्दा पनि अपराधबारे केही पनि तथ्य पत्ता लाग्न नसकेपछि प्रहरीले पुरस्कारको घोषणा गरेको हो । अनुसन्धान टोली प्रमुख जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक लक्ष्मण गिरीले एक सार्वजनि अपिल जारी गरी धितालको हत्यामा संलग्न अपराधिको बारेमा कुनै पनि सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जानकारी दिए । अपराधिको बारेमा सूचना दिने व्यक्तीको बारेमा गोप्य राखिने जनकारी पनि अपिलमा दिइएको छ । सूचना दिनका लागि जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली र अनुसन्धान प्रमुख गिरीका मोवाइल नम्बरहरु ९७४८५२४६९९, ९८४१५००७४० र ९८४१४५००५१ र प्रहरी प्रमुख कार्यालयको फोन नं. ०८२५६२३६३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । घटना झनझन रहस्यमय बन्दै गएको प्रहरी प्रमुख ज्ञवालीले बताए । धिताल बिभिन्न कारोवार र व्यवसायमा संलग्न भएकाले घटनाको तथ्य नजिक पुग्न समस्या भएको उनको कथन छ । धितालका आफन्त र नागरिकबाट पर्याप्त जानकारी पाउन नसक्दा अनुसन्धानमा समस्या परेको प्रहरीको भनाइ छ । यसैबीच धितालको हत्याका बिषयमा अध्ययन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ -आइएफजे) को टोली बिहीबार दिउँसो दाङमा आउँदैछ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा सहितको टोलीले जिल्लाका सुरक्षा अधिकारी, मृतकका परिवार र सञ्चारकर्मीसँग भेटघाट गरी अपरान्ह पत्रकारहरुसँग अन्तक्रिर्या गर्ने कार्यक्रम छ । टोली अध्ययन सकेर नेपालगञ्ज र्फकने कार्यक्रम रहेको पत्रकार महासंघले जनाएको छ ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 9

Powered by: