loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
मोर्गन र ह्वाइटहाउस सेमिफाइनलमा प्रवेश
Friday, July 30, 2010

मोर्गन र ह्वाइटहाउस बिहीबार 'मोर्गन कप' आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा भएको समूह 'बी' को खेलमा ह्वाइटहाउसले कास्कीलाई ३७-३० ले पन्छायो । ह्वाइटहाउसले कास्कीलाई हराएपछि मोर्गनको अन्तिम चारको ढोका खुलेको हो । जितसँगै ह्वाइटहाउस समूहविजेता तथा मोर्गन उपविजेता बने । पहिलो क्वाटरमा १०-६ स्कोर गरेको ह्वाइटहाउसले आफ्नो अग्रतालाई कायमै राख्दै दोस्रोमा १३-४ जोड्यो । त्यसपछि खेलमा फर्केको कास्कीले तेस्रोमा १४-१ ले अग्रता लिँदै खेल २४-२४ को बराबरीमा ल्याएर रोमाञ्चक मोडमा पुर्‍याएको थियो । चौथो क्वाटर ह्वाइटहाउसले १३-६ ले कब्जा जमाएपछि कास्की प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । ह्वाइटहाउसको जितमा मेरिना केसीले १० स्कोर योगदान गरिन् । उता, भलिबलकी कुशल खेलाडी रहेकी कास्कीकी मञ्जु गुरुङले खेलमा सर्वाधिक १३ स्कोर गरेकी थिइन् । अब सेमिफाइनलमा ह्वाइटहाउसको भेट नासासँग हुनेछ भने मोर्गनले डिफेन्डिङ च्याम्पियन प्राइमको सामना गर्नेछ । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको नवौं पुरुष राष्ट्रिय बास्केटबलतर्फ बिहीबार रिभल्बर, कास्की र ह्वाइटहाउस 'ए' क्वाटरफाइनल पुग्न सफल भए । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा रिभल्बरले नखिपोटको चुनौती ६८-४१ ले समाप्त पार्‍यो । पहिलो क्वाटरमा ६-१६ ले पछि परेको स्थितिलाई उल्टाउँदै नखिपोटले दोस्रोमा २०-३ को अग्रता लियो । त्यसपछि भने नखिपोटले त्यो लयलाई कायम राख्न सकेन । रिभल्बर तेस्रोमा २३-६ र चौथोमा २९-९ ले अगाडि रह्यो । रिभल्बरका मौसम गुरुङले ११ तथा नखिपोटका उत्सव चन्दले २७ स्कोर गरेका थिए । समूह चरण पार गरेको एकमात्र मोफसल टोली कास्कीले सुनसरीको यात्रा ७३-६३ ले पूर्णविराम लगायो । चौथो क्वाटरमा १२-२० ले पछि परेको कास्की अन्य क्वाटरमा भने अगाडि रहेको थियो । उसले पहिलोमा १६-१४, दोस्रोमा २५-१७ र तेस्रोमा २०-१२ को अग्रता लिएको थियो । कास्कीको जितमा युवराज पुनले ४५ स्कोर योगदान गरे । ह्वाइटहाउसले काभ्रेबाट 'वाकओभर' पायो । यससँगै पुरुषको क्वाटरफाइनल समीकरण पूरा भएको छ । त्यस चरणमा साविक विजेता गोल्डेनगेटले रिभल्बर तथा ह्वाइटहाउस 'ए' ले प्राइमविरुद्ध खेल्नेछन् । अन्य खेलमा पेन्टागन र जेभियर इन्टरनेसनल तथा नासा र कास्की भिड्नेछन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 4

Powered by: