loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
स्वर्गीय मानबहादुर गुरुङको श्रृद्धान्जली सभा सम्पन्न
Thursday, July 29, 2010

पोखरा,१३ श्रावण/ लामो समयसम्म खेलकुदमा योगदान पुर्‍याएका स्वर्गीय मानबहादुर गुरुङको चर्चा गर्दै आज पोखरामा श्रृद्धान्जली सभा सम्पन्न भएको छ ।भुतपुर्व खेलाडी मञ्चले आज पोखरामा आयोजना गरेको श्रृद्धान्जली सभामा बोल्ने खेलकुद कर्मीहरुले एथ्लेटिक्स, बक्सीङ, फुटबल, जिमन्यास्टीक लगायतका खेलको विकासमा मानबहादुरले महत्वपुर्ण योगदान दिएको स्मरण गरेका थिए ।कास्कीको दाङसिङ मोहोरियाका ८१ बर्षिय खेलकुद प्रशिक्षक मानबहादुर गुरुङको गत असार ३२ गते निधन भएको थियो । पोखराको तल्लोदिपमा बसोवास गर्दै आउनु भएका गुरुङ करीब ६ महिनादेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो उपचारको क्रममा असार ३२ गते वेलायतमै निधन भएको थियो । गुरुङको फोक्सोमा क्यान्सर लागेको बताईन्छ ।भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष डाक्टर बिरेन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको श्रृद्धान्जली सभामा राष्ट्रिय खेलकुद परिषदका सदस्यद्धय राजेस गुरुङ र खड्क बहादुर रानाभाट, सशसत्र प्रहरी नायव महानिरिक्षक -डिआईजी) दुर्जकुमार र्राई, नेपाल पर्यटन वोर्डका केन्द्रीय सदस्य गणेस बहादुर भट्र्राई, मंञ्चका महासचिब तेज गुरुङ लगायतले खेलकुदमा केहि गर्न चाहने खेलकुदको विकास गर्न पछि नपर्ने मानबहादुर जस्तो खेलकुदकर्मी आफुहरुले गुमाएकोमा दुखः व्यक्त गर्नु भयो।वेलायती सेनाको रिटाएर लाईफ बिताई सक्नुभएका गुरुङले राष्ट्रिय खेलकुद परिषदमा रहेर २६ बर्षसम्म खेलकुदमा योगदान पुराउनु भएको थियो । स्वर्गीय मानबहादुर गुरुङका एक श्रीमती,रामबहादुर गुरुङ सहित ३ छोरा एक छोरी छन्।खड्क बहादुर रानाभाट, सुरेस मल्ल,गणेसबहादुर भट्र्राई, सोमनाथ भुर्तेल, रमेश भट्टचन लगायतका खेलाडीहरुलाई प्रशिक्षण गराउनु भएका गुरुङ सहयोगी, देशभक्त, बफादार प्रशिक्षक भएको  प्रशिक्षार्थीहरु बताउछन्।मित्रराष्ट भारतको नया दिल्लीमा सन् १९८२ मा भएको ९ औ एसियाली खेलकुदमा नेपाली टोलीको ब्याबस्थापको भुमिका निभाउनु भएको थियो । २०२३ सालमा वेलायती सेनाबाट रिटायर हुनासाथ राखेपले उहालाई प्रशिक्षकको रुपमा राखेको थियो भने उहाँले २०४९ साल सम्म पश्चिमाञ्चलमा प्रशिक्षकको रुपमा रहनु भएको थियो । अलराउण्डर प्रशिक्षको रुपमा हरनु भएका गुरुङले थुप्रै खेलाडीहरु उत्पादमना सहयोग पुराउनु भएको खेलकुदकर्मीहरुले बताउछन्।
 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 13

Powered by: