loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
भ्याली स्पोर्ट क्लब प्रि क्वाटरफाईनलमा
Thursday, July 29, 2010

पोखरा, १३ साउन/ पोखराको बगरस्थीत पुरानो टुडिखेलमा संचालनमा भइरहेको अन्तर क्लव भिमकाली कप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता अर्न्तगत आज भएको खेलमा ए डिभिजनका खेलाडीहरु बटुलेको भ्याली स्पोर्ट स्क्लबले शान्दार जित हासिल गरेको छ ।आज भएको खेलमा भ्याली स्पोर्टस क्लबले एबी गर्नसलाई शुन्यको बिरुद्ध एक तर्फी ४ गोलको फराकिलो अन्तरले पराजीत गर्दै प्रि-क्वाटरफाईनलमा यात्रा तय गरेको हो । भ्याली स्पोर्टसको जितमा एडिभिजनका खेलाडी संजिब र्राईले दुइ धनबहादुर परियार र बिजय लामा एक/एक गोलको योगदान दिए ।विवेक गुरुङको एक मात्र निर्णय गोलको मद्धतले आयोजक भिमकाली युवा क्लबबीले ओपन हाउस गाईज माथि शुन्यको बिरुद्ध एक गोलको अन्तरले पराजीत गरेको हो ।सुलव मास्के र राजकुमार थापाको एक एक गोलको मद्धतले एबी गर्नसले गेट वे फाउण्डेसनलाई शुन्यको बिरुद्ध एक तर्फी दुइ गोल अन्तरले पाखा लगायो ।निकै प्रतिष्पर्धामा आज सम्पन्न भएको चौथो खेलमा हेमजाको सुक्लागंगा ११ ले याक्स सुर्यदय फुटबल क्लबलाई ट्राईब्रेकरमा २ को बिरुद्ध ३ गोल अन्तरले पराजीत गरेको हो । निर्धारीत समयमा दुबै तर्फगोल रहित बराबरीमा खेल टुङगिए पछि निर्णयको लागि खेल ट्राईब्रेकरमा धकेलिएको हो । ट्राईब्रेकरमा याक्स सुर्यदयका चुन आलेले गोल गर्न नसक्दा याक्स सुर्यदयले यात्रा टुङगाएको हो । सुक्लागंगाको तर्फाट ट्राईब्रेकरमा धर्मेन्द्र कुवंर, निर्मल सापकोटा र बुद्ध तयाङले गोल गरे भने यता याक्स सुर्यदयका अनिल लामा र बिशाल गुरुङले गोल गरेका थिए ।
 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: