loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
म्याग्दीका दर्जनबढी ठाउँमा पहिरो, खानेपानी अवरुद्ध
Thursday, July 29, 2010

बेनीम्याग्दी साउन ११ गते । म्याग्दी सदरमुकामलाई बाग्लुङ पर्वत तथा
हिमालपारीको जिल्ला जोड्ने सडकखण्डका बिभिन्न ठाउँमा पहिरो गएर सडक
अवरुद्ध भएका कारण मंगलबार बिहानैदेखि म्याग्दी जिल्ला अस्तव्यस्त बनेको
छ।
गत सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि आएको पहिरो हटाउने क्रममा
डोजरले खानेपानीको पाइप उक्काइदिएपछि सोमबार साँझैदेखि बे
नीबजारमा खानेपानी अवरुद्ध भएको बेनी खानेपानी तथा उपभोक्ता संस्थाका
प्रबन्धक हरी गिरीले बताउनुभयो ।
सदरमुकाममा मात्रै उक्त संस्थाका एकहजारभन्दा बढि उपभोक्ताहरु रहेको
भन्दै उक्त संस्थाका प्रबन्धक गिरीले वर्षा रोकिएमा आजै साँझसम्ममा
खानेपानी सुचारु हुने बताउनुभयो ।
सोमबार साँझदेखि परेको वर्षा नरोकिएका कारण अहिलेसम्म सडक खुलाउन र
पानी मर्मत गर्न नसकिएको सम्वन्धित पक्षका पदाधिकारीहरुले बताएका छन् ।
सोमबार साँझदेखि खानेपानी अवरुद्ध भएपछि सदरमुकाम बेनीबासीहरु
पानीको खोजिमा घण्टौं समय लगाएर अन्य छिमेकि गाउँहरुमा जान बाध्य
भएका छन् ।
बेनी-जोमसोम बेनी-बाग्लुङ बेनी-मालढुङ्गा सडकखण्डको चमेरे बेगखो
ला रुप्से दोबाको भिर माझफाँट मिलनचोक केराबारी फसे्र भसभसे
रत्नेचौर लगायतका दर्जनबढी ठाउँहरुमा पहिरो गएका कारण मंगलबार
बिहानैदेखि म्याग्दी अन्य जिल्लाको सम्पर्क बाहिर रहेको छ ।
मंगलबार बिहानैदेखि सडक खुलाउनका लागि प्रयास गरिएको भएपनि पहिरो
बग्ने क्रम नरोकिएका कारण पानी नरोकिएसम्म सडक खुल्ल नसक्ने म्यग्दी
जिप तथा बस साचालक समितिका अध्यक्ष गोपाल भट्टचनले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि बेनीबाट राजधानी लगायत बाहिरि जिल्लामा जाने
यात्रु तथा बिद्यार्थी समेत छाता ओढेर आफ्नो गन्तव्यतर्फ गइरहेका छन् ।
वर्षाकै कारण ठाउँठाउँमा पहिरो गएका कारण साउन महिनाको शुरुआतदे
खि नै म्याग्दीका ग्रामिण सडकहरुमा समेत यातायात अवरुद्ध भएको छ ।
 ग्रमिण क्षेत्रका करिव दुईदर्जन गाविसमा सडकसाजाल पुगेको भएपनि कमजो
र भु-धरातल र साँघुरो सडकका कारण पहिराले सडक अवरुद्ध हुनेगरेका छन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 6

Powered by: