loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
कन्सल्टेन्सीको नाउँमा ठगी गर्ने सस्थालाई खारेज गर्न सिफारिश
Thursday, July 29, 2010

बेनीम्याग्दी साउन ११ गते । कन्सल्टेन्सीको नाउँमा ठगी गर्ने बेनीस्थित सिम्प्ले
क्स ओभरसिज एण्ड कन्सल्टेन्सी प्रा।लि लाई खारेज गर्न सम्बन्धित निकायलाई प्र
शासनले सिफारिश गरेको छ ।
श्रम मन्त्रालय अन्तरगत  वैदेशिक रोजगरा विभागबाट इजाजत नलिई युवाहरुलाई विदेश
पठाउने निहुँमा ठगी गरेपछि उजुरीको आधारमा सस्थाका साचालक झापाका निशान केसी
भनिने नेत्रप्रसाद गिरीलाई तीनहप्ता अघि नियन्त्रणमा लिएको थियो ।
तर वैदेशिक रोजगार सम्बन्धि कामकारवाही प्रशासन नमिल्ने भएपछि गिरी २४ घण्टा
पछि रिहा भएको प्रमुख जिल्ला अधिकारी रामवहाुदर कुरुवाङले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा गिरीले आफ्नै सस्थामा कार्यरत लेखापाल अर्थुङ-१
क्याम्पसचोककी स्नेहा सापकोटाको नाममा सस्था दर्ता गरी ठग्ने गरेको रहस्य खुलेपिछ
उक्त संस्थालाई खारेज गर्न सफारिश गरिएको हो ।
ुमलाई केहि पनि थाहा छैन कुनवेला कसरी झुक्यायो एक्कासी संस्था मेरो नाममा
छ भन्ने थाहा पाएँ पिडित स्नेहाले भन्नुभयो-त्यसपछि खारेज गर्न उजुरी हालेकी
हुँ ।
सस्था साचालनमा आए देखि नै मासिक ६ हजार पारिश्रमिक लिने गरी लेखापालको रुपमा कार्यर
त हुनुहुन्थ्यो् । फटाहाहरुको ठग्ने चाल धेरै हुदोरहेछ म आफै फसें
उहाँले भन्नुभयो।
कानुनी रुपमा स्नेहालाई अप्ठ्यारो पर्ने हुदाँ तत्काल खारेजीको प्रकि्रया सुरु गिरएको प्रजिअ कुरुवाङले बताउनुभयो ।
स्नेहा पनि प्रलोभनमा परिन् उनलाई ऊवेला के गरे थाहा नै छैन उहाँले भनुभयो ।
अभियुक्त गिरीले शिवाकोटी ओभरसिज प्रा।लि सँग सम्बन्ध राखेर सस्थाको नामबाट केहि म्याग्देली युवाहरुलाई
विदेश पठाएको रहस्य पनि खुलेको छ । दुईटा नामबाट ठाउँ-ठाउँमा  ठगी गरेको पाईएको छ यो चाहि पछिल्लो घटना हो प्रजिअ कुरुवाङले भन्नुभयो ।
 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 7

Powered by: