loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
बजेट अभावले अस्पतालको भवन निर्माण कार्य अधुरै
Thursday, July 29, 2010

दमौली, १३ साउन/ बजेट अभावका कारण दमौली अस्पतालको भवन निर्माण कार्य अधुरै रहेको छ । करिब रु पाँच करोडको लागतमा निर्माण हुने उक्त सुविधासम्पन्न अस्पतालका लागि आधा रकम मात्रै निकासा भएको अस्पताल विकास समितिका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले आवास तथा भौतिक योजना मन्त्रालय त्यसपछि आवास तथा भौतिक योजना विभाग भवन डिभिजन कार्यालय गोरखा भएर यहाँ बजेट आउने हुँदा काम गर्न अत्यन्तै झन्झटिलो भएको अस्पताल विकास समितिले जनाएको छ । असारको अन्त्यतिर आएको रु ४० लाखबाट तेस्रो ढलानका लागि पिलर राख्ने र भर्‍याङ बनाउने काम भइरहेको भवन निर्माण कार्यको सुपरिवेक्षण गरिरहेका बताइएको छ । कुल १ रोपनी जग्गामा निर्माणाधीन भवनमा ५० शैया रहनेछन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 3

Powered by: