loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
नेपालगन्जमा झाडापखलाको प्रकोप, दुईको मृत्यु, दर्जनौ विरामी
Thursday, July 29, 2010

नेपालगन्ज,१३ श्रावण/ नगर क्षेत्रमा बुधवारदेखि फैलिएको झाडापखलाको प्रकोप बढेको छ । दुई जनाको मृत्यु भईसकेको छ भने दर्जनौ सिकिस्त छन् । नेपालगन्जका अस्पतालहरुमा झाडापखलाका एक सय १५ बिरामी भर्ना भएका छन् । नेपालगन्ज-५ स्थित सल्यानीबागका ५ बर्षीय जस्मिन हल्वाईको विहीवार बिहान अस्पताल ल्याउँदा-ल्याउँदै मृत्यु भएको हो । त्यस्तै, दाङ तुल्सीपुरकी ६५ वर्षीया कटैती बुढाथोकीको बुधवार शिक्षण अस्पतालमा मृत्यु भएको थियो । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा ७० भन्दा धेरै बिरामी भर्ना भएका छन् । त्यस्तै, भेरी अन्चल अस्पतालमा ४३ जना र नेपालगन्ज युनाइटेड अस्पतालमा दुई जना भर्ना छन् । दुषित पानी र फोहर खानेकुराले झाडापखला फैलिएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् । बिरामीहरु केही घण्टाभित्रै बेहोस हुने, नाडी नचल्ने र सिकिस्त हुने गरेकाले चिकित्सकहरुले हैजाको आशंका गरेका छन् । स्वास्थ्य प्रयोगशालाहरुमा दिसा परिक्षणका लागि पठाईएको भेरी अस्पतालकी डा शैली अमात्यले बताईन् ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 5

Powered by: