loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
करातेको १६औं एसियाली खेलकुद छनोट खेल भएन
Thursday, July 29, 2010

 काठमाडौं,१३ साउन/ विवादका कारण करातेको १६औं एसियाली खेलकुद छनोट खेल बुधबार हुन सकेन। त्रिपुरेश्वरस्थित मेन डोजोमा बुधबार छनोट प्रतियोगिता संचालन गर्ने नेपाल कराते महासंघले तय गरेको थियो।। सीमित खेलाडीलाई मात्र छनोटमा सहभागी गराउन लागिएको भन्दै केही खेलाडी तथा पदाधिकारीले विरोध गरेपछि महासंघले छनोट स्थल परिवर्तन गर्दै महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पुर्‍याएपछि विवाद चर्कियो। छनोटमा भाग लिने खेलाडी तथा जुरी पनि त्यहाँ पुगेका थिए। तर, विवाद नमिलाई छनोट नगर्नु भनी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्देशन दिएपछि छनोट प्रतियागिता रोकियो। महासंघले २०६५ साल चैतमा सम्पन्न पाचौं राष्ट्रिय खेलकुद, हेटौंडामा भएको राष्ट्रिय प्रतियोगिता र एघारौं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई छनोटमा सहभागिता गराएको थियो। महासंघले तयारीको सम्बन्धमा कुनै काम नगरेको करातेका खेलाडी तथा पदाधिकारीले आरोप लगाएका थिए। एसियाड तयारी समितिका संयोजक तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनले आफूले पटक-पटक कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेलाई तयारीको सम्बन्धमा कुरा गरेको बताए। छनोट प्रतियोगिताका लागि विवाद झनै चर्किएपछि बुधबारै राखेपले दुवै पक्षलाई बोलाएर वार्ता गरेको थियो। वार्तामा राखेपका सदस्यसचिव हरिबावु चौधरीलगायत अन्य सदस्यको उपस्थिति थियो। एक घन्टा बढीको विवादपछि महासंघ र राखेपबीच बैठक बसेको थियो। बैठकले महासंघलाई बिहीबार संघको आन्तरिक र शुक्रबार राष्ट्रिय छनोट गर्ने निर्देशन दिएको छ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 3

Powered by: