|
खेलकुद विकास समितिका पदाधिकारीहरुद्वारा सामूहिक राजीनामा Thursday, July 29, 2010 |
| तेह्रथुम,१३ श्रावण/ राष्ट्रिय खेलकुद परिषदको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सवै पदाधिकारीले बिहीबार सामूहिक राजिनामा दिएका छन् । समितिका अध्यक्ष सहित सवै सदस्यहरुले राष्ट्रिय खेलकुद परिषद समक्ष सामूहिक राजीनामा दिएका हुन् । पटक-पटक ताकेता गर्दा पनि राखेपले जिल्ला खेलकुद विकास समितिमा कर्मचारी र आवश्यक वजेट नपठाएको र समग्र जिल्लाको खेल क्षेत्र प्रभावित भएकाले पदवाट सामूहिक राजीनामा दिएको समिति अध्यक्ष निरकुमार सम्वाहाम्फेले बताए । जिल्ला खेलकुद विकास समितिमा सचिव सहित तीन जना कर्मचारीको दरवन्दी बर्षौ देखि खाली रहेको र वारम्वार ताकेता गर्दा पनि राखेपले एक जना पनि कर्मचारी नपठाएले वाध्य भएर राजीनामा दिनुपरेको अध्यक्ष सम्वाहाम्फेले बताए । सचिव सहितका कर्मचारी नहुँदा लामो समय देखि समितिको आर्थिक, प्रशासनिक का साथै कार्यालय संचालन समेत ठप्प भएको छ ।
|
|
|