loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
पाकिस्तानमा शोक दिवस
Thursday, July 29, 2010

इस्लामावाद, १३ साउन/ बुधबार बिहान पाकिस्तानको कराँचीबाट राजधानी इस्लामावाद उडेको विमान दुर्घटनामा परी १५२ यात्रुको मृत्यु भएको सम्झानामा आज देशभर शोक दिवस मनाइएको छ । विमान दुर्घटनाको कारण बारे छानबिन गर्न अनुसन्धान समिति गठन गरिएको र उद्धारकर्मीहरुले विमानमा रहेको ककपिँट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुबै ब्ल्याक बक्सको खोजी गरिरहेका छन् । उक्त ब्ल्याक बक्सले विमान दुर्घटनाको सही तथ्य पत्ता लगाउन ठूलो सघाउ पुग्ने विश्वस व्यक्त गरेका छन् । आजसम्म उक्त विमान भारी बर्षा तथा अति अल्पदृश्यनीयताको कारण नै दुर्घटना परेको भन्ने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी छानवीन समितिलाई पाकिस्तानी उच्च अधिकारीहरुले खराव मौसम, आतङ्कवाद वा जानजानी गरिएको अन्तरहंवस आदिबारे निडर भई गहिरो छानविन गर्न आदेश दिएका छन् । पाकिस्तानी गृहमन्त्रीले यो दुर्घटनालाई भयानक राष्ट्रिय विपत्तिको रुपमा लिएको र सिङ्गो मुलुकले आज शोक दिवस मनाउने कुरा बताउनुभयो । यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा, संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुन र चिनीयाँ राष्ट्रपति हु जिन्ताओ लगायत विश्वका धेरै राष्ट्रप्रमुखहरुले समवेदना व्यक्त गरेका छन् । यस भन्दा अघि पाकिस्तान अन्तरराष्ट्रिय विमान सेवाको एउटा विमान सन् १९९२ मा काठमाडौ विमानस्थल अवतरण गर्ने क्रममा भट्टेडाँडामा दुर्घटनाग्रस्त हुँदा १६७ जना यात्रु को मृत्युभएको थियो ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 7

Powered by: