loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
नवजात शिशु हत्यारा पक्राउ
Thursday, July 29, 2010

भिलर्स-ओ -तेरत्रे -फ्रान्स), १३ साउन/ उत्तर फ्रान्सको लिलि सहर नजिकको भिलर्स-ओ तेरत्रे ग्रामीण इलाकाबाट स्थानीय एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजना ४० बर्षिय सो दम्पतीले हत्या गरेका आठ जना नवजात शिशुहरुको शव फेलापरेपछि उनीहरु पक्राउमा परेका थिए । सो दम्पती बस्दै आएका एउटा घर र छिमेकीहरुको अर्को घरमा समेत प्रहरीले अपराधी पत्ता लगाउने कुकुरहरुको प्रयोगबाट सो घटना उजागर हुन सकेको हो । स्थानीय छरछिमेकहरुका अनुसार नवजात शिशु ती हत्याराहरु पहिला एक समान्य भलादमी, सहयोगी, नरम स्वभावका व्यक्ति भएता पनि यस्तो क्रुरतापुर्वक किन हत्या गरेका हुन् सो बारे थाहा नभएको बताएका छन् । नगरपारिषद्का् सदस्यमा निर्वाचित भईसकेको व्यक्तिको दम्पतीले त्यतिसम्म घृणित काम गर्ला भन्ने कल्पनासम्म पनि गर्न नसकिने घटना भएको भन्दै स्थानीयवासी अचम्मित भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको कुरा जनाइएको छ ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: