सेक्सी नायिका झरना बज्राचार्यले ब्लग चलाउन थालेकी छिन् । झरना बज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन् । धेरैको अनुमान विपरित पूर्व मिस नेपालले ब्लगमा आध्यात्मलाई जोड दिने बताएकी छन् ।
ब्लगमा “लिभिङु र “स्पिरिटु गरी दुई भाग छन् । “लिभिङुमा झरनाको आजसम्मको जीवन यात्रा र फिल्मी करिअर बारे उल्लेख छ । “स्पिरिटुको भागमा उनका लेख पाठकले पढ्न पाउने छन् । “मलाई थाहा छ धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्” बाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्- “धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन् ।”
२८ वटा नेपाली फिल्म र बलिउडको लभ इन नेपालमा अभिनय गरेकी झरनाले विपश्यना ध्यानका बारेमा ब्लगमा लेख्ने बताएकी छन् । फिल्मी क्षेत्रमा काम गरे पनि ६ वर्ष देखि उनी विपश्यना ध्यान गर्दै आएकी छन् ।
|