|
फेवातालमा फैलिएको जलकुम्भी झार निकालियो Wednesday, July 28, 2010 |
| पोखरा,१२ साउन/ पोखराको फेवातालमा फैलिएको झलकुम्भी झार निकाल्न स्थानि प्रसासनको पहलमा आज पनि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले उल्लेखनिय रुपमा सहभागिता जनाएका छन् ।फेवातालको बाराहीघाटक्षेत्र वरिपरिबाट लजकुम्भीझार निकाल्न सुरु गरीएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोईराला सहितको टोली समेत फेवाताल संरक्षण गर्नुपर्दछ भन्दै जलकुम्भी झार फाल्न लागी पर्नु भएको थियो । कास्कीको स्थानिय प्रुसासनले गत जेठ देखि पटक पटक जलकुम्भी झार फाल्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।जलकुम्भी झार निकाल्न नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी, स्थानियवासि तथापर्यटन ब्यावसाियहरु भने न्युन सङख्यामा सहभागि भएका थिए ।जलकुम्भीझार निकाल्न फेवा डुङगा ब्याबसायि संगठनले निशुल्क डुङगा उपलब्ध गराएको छ भने जलकुम्भी जार निकाल्न आवश्यक पर्ने डुङगाहरु उपलब्ध गराउने संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो ।
|
|
|