loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
कट्रिनालाई फराहले बेली डान्स गराउने
Wednesday, July 28, 2010

फिल्म 'राजनीति' बक्सअफिसमा सफल भएपछि नायिका कट्रिना कैफको सुन्दरताको मात्र नभई अभिनयकौ पनि चारैतिरबाट प्रशंसा गरियो । 'ग्ल्यामर रोलमा मात्र सुहाउने नायिका' को ट्याग पाएकी कटि्नालाई उक्त फिल्ममा गरेको बेजोड अभिनयपछि त्यसबाट बल्लतल्ल छुट्कारा मिलेको छ । नृत्यमा रुचि राख्ने नायिका फिल्ममा खुट्टा हल्लाउन र कम्मर मर्काउन नपाएको धेरै समय बितेपछि सेटमा नृत्य 'मिस' गरिरहेकी छन् । हृतिक रोशनसँग 'जिन्दगी मिलेगी ना दुबारा'को छायांकनक्रममा स्पेन पुगेकी कटि्नाले उक्त फिल्ममा त्यति नाच्ने मौका पाउने छैनन् । न त उनका पछिल्ला फिल्म 'अजब प्रेमकी गजब कहानी' र 'राजनीति' मा नै उनले नाच्न पाएकी थिइन् । त्यसैले त उनी फराह खानको पछिल्लो फिल्म 'तीस मार खान' को छायांकनमा जान उनी हतारिएकी छन् । 'मलाई विभिन्न स्टाइलका नृत्य गर्न मन पर्छ,' कटि्नाले आफ्नो नृत्यप्रेमबारे दर्शाइन्, 'फराहसँग फिल्ममा नयाँ स्टाइलको नृत्य गर्न इच्छुक छु ।' कोरियोग्राफरबाट निर्देशक बनेकी फराहको तेस्रो फिल्म 'तीस मार खान'मा कटि्नाले फेरि नायक अक्षय कुमारसँग रोमान्स गर्दै छिन् । मोडलिङबाट अभिनयमा छिरेकी २६ बर्षिय कटि्नालाई फिल्ममा फराहले बेली डान्स गराउनेछिन् । पहिलोपटक पर्दामा बेली डान्स गर्न लागेकी नायिकाले 'शिलाकी जवानी...' बोलको गीतमा बेलेरिना बन्नेछिन् । 'नृत्यप्रति धेरै रुचि राख्ने भएकीले दर्शकलाई कटि्नाको नृत्यकला देखाउन बेली डान्स गराउँदै छु,' निर्देशक फराहले भनिन् । कटि्रना हाल जोया अख्तरको 'जिन्दगी मिलेगी ना दुबारा' फिल्मको छायांकनक्रममै व्यस्त भएकीले कटि्नाले नृत्यका लागि केही समय कुर्नुपर्ने छ ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: