loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
झरनाको हातमा सुनिलको नाम
Wednesday, July 28, 2010

श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन । तर नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाले आफ्नो नाम लेखिदिएका छन् ।
'साउन महिनामा मेहेन्दी लगाउने परम्परा अनुरूप आफुले घरमा मेहेन्दी लगाईरहेको बेला  सुनिल जी आईपुग्नु भयो अनि उहाँले आफ्नो नाम मेरो हातमा लेखिदिनु भयो, तर मैले केही भन्न सकिन'  नायिका थापाले बताईन् । यध्पी दायाँ हातको पञ्जामा sunil लेखिएको नाम प्रति आफ्नो 'आपत्ती नरहेको भन्दै बरू रमाईले भएको'  झरनाले बताईन ।

केही महिना अघि राजधानीको नयाँ बानेश्वर स्थित जुम क्याफे अगाडी नायिका रेजिना उप्रेती र उनका पति सुनिलबीच भएको प्रेमलिला आफ्नै आखा अगाडी देखेपछी सम्बन्ध विच्छेदको अवस्थामा पुगेको उनीहरूको सम्बन्ध पुन स्थापित भएको थियो । झरना सोही कारणले केही महिना आफ्नो माईती समेत बसेकी थिइन्

दाम्पतीय जिवनको सम्बन्धकै  कारण पटक चर्चामा आईरहने झरनाको हातमा सुनिलको नाम लेखिएको भेटिएपछी उनलाई सोधिएको विभिन्न  प्रश्नमा सुनिल र आफ्नो सम्बन्ध पहिले भन्दा राम्रो रहेको उनको भनाई थियो । मान्छेबाट गल्ती हुने भएकाले नयाँ बानेश्वरको गल्तीलाई आफुले माफ दिएको झरनाले प्रतिक्रिया दिईन

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 8

Powered by: