loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
पोखरा आसपासका क्षेत्रमा ढुङगाखानि संचालन गर्न लाईसेन्स लिनुपर्ने
Tuesday, July 27, 2010

पोखरा,११ साउन / पोखरा तथा पोखरा आसपासका गाँउहरुमा अबैध रुपमा संचालनमा आएका ढुङगा खानहरु हालसम्म एउटा ढुङगा खानिले पनि बैधानिक रुपमा संचालनमा आएका छ्रैनन्।मादी नदी, सार्दीखोला, ल्वाङघलेल, रिभान, काँहुखोला, पुम्दी भुम्दी, कोत्रे, लगायतका क्षेत्रबाट पोखरामा अवैध रुपमा ढुङगा भित्रिएका भए पनि हाल सम्म कुनै पनि ब्यति तथा संघ सस्थाहरुले स्थानिय निकाय अर्न्तगत जिल्ला विकास समितिमा अनुमति नलिएको स्थानिय विकास अधिकारी गुरु प्रसाद सुवेदीले बताउनुभयो । त्यती मात्र होईन कुनै पनि नगर क्षेत्र भित्र ढुङगा काट्ने मेसिन प्रयोग गर्न मनाई गरीएको छ तर पोखरामा बिभिन्न स्थानहरुमा ब्यापार गर्न वातावरणलाई असर पार्दै खुलेआम ब्यापार गर्दा नियन्त्रण गर्ने निकाय मौन बसेको छ ।जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवंम कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोइरालाले खानी तथा भुगर्व बिभाग वा स्थानिय निकाय जिबिसमा खानीधनिहरुले अनुमतिपत्र -लाईसेन्स) लिनुपर्ने अन्यथा खानी संचालन गरे कार्रवाही गर्ने चेतावनी दिनु भएको छ । गैर कानुनि ढङगले ढुङगा खानीहरु संचालनमा आएपछि हाल सम्म प्रसासनले कुनै कार्रवाही गर्न नसक्दा एकातर्फदेशलाई लाखौको राजश्व घाटालागेको छ भने अर्को तर्फवातावरणमा प्रत्यक्ष असर पारेको पर्यटन विदहरुले बताएका छन्।कसैले अवैध ढङगले खानी संचालनमा ल्याएमा वातावरण संरक्षण ऐन २०५३ अनृसार खानी रोक्का गर्ने, एक लाख सम्मको जरीवाना समेत गर्न सकिने कानुनि ब्याबस्था भएको जिल्ला प्रसासन कार्यालयका कानुनि अधिकृत रामप्रसाद अधिकारीले बताउनु भयो।भुजुङखोलाका ढुङगा खानिका धनि हर्कबहादुर र्घर्तीले खोला छेउछाउको ढुङगाहरु आफुहरुले बिक्रिवितरण गर्न पाउनुपर्ने माग राखेका छन्। पोखरामा बिभिन्न प्रयोजनका लागि दैनिक जसो करीब ४० ट्रक ढुङगाभित्रिने गरेको बताउदै पोखरा ढुङगा ब्यावसायि संघ कास्कीका अध्यक्ष अष्टमान प्राधानाङगले ढुङगाखानि भएका धनिहरुले लाईसेन्स लिएर आफ्नो ढुङगा खानिहरु संचालन गर्न आग्रह गर्नु भएको छ ।

 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 6

Powered by: