loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
ठकुरी युवा परिवारको नयाँ कार्यसमितिद्वारा पदस्थापन
Tuesday, July 27, 2010

पोखरा, ११ साउन/ ठकुरी युवा परिवारको नयाँ कार्य समितिले सोमबार साँझदेखि आफ्नो पदस्थापन गरेको छ । परिवारको हालै सम्पन्न साधारणसभाबाट सन्तोष शाहीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्यसमितका अध्यक्ष सन्तोष शाहीलाई निवर्तमान अध्यक्ष खिमबहादुर शाहीले पदस्थापन गराउनुभएको थियो ।नवनिर्वाचित ठकुरी युवा परिवारको नयाँ कार्यसमितिको उपाध्यक्ष शीतल शाही, महासतिव प्रीतमबहादुर सेन र कोषाध्यक्ष अनिता मल्ल हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा कपिलकुमार मल्ल, सपना हमाल, पवित्रा शाही, सचिन मल्ल। खुमाकुमारी खाँण र अनिल मल्ल रहनुभएको छ । त्यस्तै सोही साधारणसभाले ओम हमाल, अनिलकुमार शाही, याम ठकुरी, तुला ठकुरी, दुर्गाबहादुर शाह "बाबा" खिमबहादुर शाही, टेकबहादुर मल्ल, जीतेन्द्र चन्द, सागर शाह एनजे, लगायतलाई परिवारको सललाहकार पदमा मनोनयन गरेको छ ।साधारणसभाले ठकुरी युवाहरुको हकहितका पक्षमा विभिन्न प्रस्तावहरु पनि पारित गरेको छ । ठकुरी युवा परिवारले पारित गरेको वाषिर्क कार्यक्रम अनुसार, कास्की जिल्लामा रहेका ठकुरी युवाहरुको तथ्यांक संकलन गरी विष्लेषण गरेर व्यक्तित्व तथा नेतृत्व विकास तालीम, उद्घोषणकला तालीम, प्रतिवेदन लेखन तालीम र पत्रकारिता लगायतका तालीमहरु दिइने भएको छ । त्यस्तै ठकुरी युवा परिवार कास्कीले जिल्लाभित्र रहेका प्रतिभावान ठकुरी युवाहरुलाई सम्मान तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु पनि तय गरिएको छ ।

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 5

Powered by: