|
एकै खेलमा तीन खेलाडीले ह्याट्रिक गरे Tuesday, July 27, 2010 |
| काठमाडौं,११ साउन/ कोकाकोला कप अन्तरविद्यालय राष्ट्रिय छात्रा फुटबलमा सोमबार एकै खेलमा तीन खेलाडीले ह्याट्रिक गरेका छन्। नितेन मेमोरियल स्कुल (निम्स) ले सोमबार ब्राइट फ्युचर स्कुलमाथि गोलको वर्षा गरेको छ। एन्फा टेक्निकल सेन्टरमा ६ खेलाडीले गोल गर्दा निम्स १४-० ले विजयी भएको थियो। विजया कार्कीले चार तथा मिका सुनुवार र सिर्जना खड्काले ह्याट्रिक पूरा गरेको खेलमा सरु कुमालले दुई, लक्ष्मी परियार र संगीता श्रेष्ठले एक/एक गोल गरे। लक्ष्मी तामाङको ह्याट्रिकमा अरुणिमा उच्च माविले वृहस्पति विद्यासदनलाई ५-१ ले हरायो। विजयी टोलीका रन्जिता र रुक्क्षा फुयाल तथा पराजित टोलीकी अनीषा गुरुङले एक/एक गोल गरे।
|
|
|