|
नेपालमा जापानी पूर्वखेलाडीले प्रशिक्षण दिँदै Tuesday, July 27, 2010 |
| काठमाडौं, ११ साउन/ फुटबल खेलतर्फ आकर्षित गर्नका लागि विश्वका विभिन्न मुलुकमा प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको वाइनर्स जापानको दुई सदस्यीय टोलीले नेपालका केही विद्यालयमा पुगेर फुटबल प्रशिक्षण दिएका छन्। जापानिज लिगका पूर्वखेलाडी तेसुमुसा किमुरा र योसिहिको हिसेकी प्रशिक्षण दिन गत बुधबार नेपाल आएका थिए। उनीहरूले सोमबार बुद्धज्योति बाल उद्यान स्कुल बालाजुका विद्यार्थीलाई तीन समूहमा विभाजन गरेर फुटबलको प्राविधिक र सैद्धान्तिक ज्ञान सिकाएका थिए। त्यसअघि यी दुईले सिन्धुपाल्चोकको चौतारा, स्याङ्जाको वालिङ पुगेर प्रशिक्षण दिएका थिए। आइतबार उनीहरुले गोदावरीको सिद्धार्थ प्राविका खेलाडीलाई प्रशिक्षण दिए।
|
|
|