loading
Loading, please wait...
 
Email it | Print it | Comment it | Share | Share this on Twitter




Yes, email it. |
पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता जारी, दोश्रो दिन ८ खेल सम्पन्न
Monday, July 26, 2010

 पोखरा, ९ साउन \ पोखराको पुरानो टुडिखेलमा जारी भिमकालि कप अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता अर्न्तगत आज -आईतबार)पहिलो चरणका ८ खेलहरु सम्पन्न भएका छन्। आज भएको पहिलो खेलमा श्री स्वर्णकार कल्याण समितिले र्निमया दोहोरी साँझलाई शुन्यको बिरुद्ध एक तर्फी ३ गोल अन्तरले पाखा लगाउदै दोश्रो चरणमा यात्रा बनाएको हो । श्री स्वर्णकार कल्याण समितिको जितमा सागर श्रेष्ठले दुइ र प्रकास सुनुवारले एक गोलको योगदान दिए ।निकै प्रतिष्पर्धामा आज सम्पन्न भएको दोश्रो खेलमा बाराही फुटबल क्लबले वर्ङकर्स गाईजमाथि ट्राईब्रेकरमा ३-१ को जित दर्ता ग-यो । निर्धारीत समयमा बाराहीको तर्फाट सुवास तामाङ र वर्ङकर्सको तर्फाट दिपेन्द्र परियारले एक एक गोल गरी खेल बराबरीमा पुगे पछि निर्णयको लागि ट्राईब्रेकरमा धकेलिएको हो । वर्ङकर्सको तर्फाट ट्राईब्रेकरमा सरोजले गोल गर्न नसक्दा वर्ङकर्स प्रतियोगिताबाट बाहिरिएको हो । वर्ङकर्सका दिपेन्द्र परियारले ट्राईब्रेकरमा गोल गरेका थिए । बाराहीको तर्फाट ट्राईब्रेकरमा किरण तामाङ, बिक्रम मगर र विश्वास तामाङले गोल गरेका हुन् ।
मणिपाल गाईजले तेश्रो खेलमा पश्चिमाञ्चल उच्च माबिलाई सडेन डेथमा पराजीत गरेको छ । २०/२० मिनेटको निर्धारत समयमा दुबै तर्फएक एक ट्राईब्रेकरमा ३/३ भए पछि खेल निर्णयको अन्तीम बिकल्प सडेन डेथमा पुगेको हो । पश्चिमाञ्चलको तर्फाट आसिस गुरुङ र मणिपालको तर्फाट अविनासले निर्धारीत समयमा दुबै तर्फएक एक गोल गर्दा खेल बराबरीमा पुगेको थियो । त्यसै गरी मणिपालको तर्फाट सागर, संजय र सुनिलले ट्राईब्रेकरमा गोल गरे भने त्यसै गरी पश्चिमाञ्चलको तर्फाट ट्राइबेकरमा अर्जुन संदिप नेपाली र बिनोद वानियाले गोल गरी खेल बराबरमा पुगे पछि निर्णयको लागि सडेन डेथमा पुगेको हो । सडेन डेथमा आसिस गुरुङले प्रहार गरेको बल गोलमा परिणत हुन नसक्दा पश्चिमाञ्चल बाहिरिएको हो । सडेन डेथमा पश्चिमाञ्चलका संदिप मगर र विकास गुरुङले गोल गरे भने मणिपालको तर्फाट सुवास, र्सुयस र अतितले गोल गरेका हुन।
टप्स गाईज प्रतियोगितमा सहभागि नभएका कारण सिमपानी क्लब बीले सहज जित दर्ता दोश्रो चरणमायात्रा बनाएको छ । पाचौ खेलमा गेट वे फाउण्डेसनले भदौरे फुटबल क्लबलाई ट्राईब्रेकरमा २ को बिरुद्ध ३ गोल अन्तरले पराजीत ग-यो । निर्धारीत समयमा गेट वे फउण्डेसको तर्फाट बिजय गुरुङ र भदौरेको तर्फाट अमृत गुरुङले एक एक गोल गरी खेल बराबरीमा पुगे पनि निर्णयको लागि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा भदौरेका अमरले गोल गर्न नसक्दा भदौरेको यात्रा टुङगीएको हो । ट्राईब्रेकरमा भदौरेका अमृत गुरुङले गोल गरेका थिए । गेट वे फाउण्डेसका सागर, कृष्ण इश्वरले गोल गरेका थिए ।मालेपाटनको सशस्त्र प्रहरीको कालिका गणले सिटि एसलाई ट्राईब्रेकरमा ३-१ को गोल अन्तरले पराजीत गरेको छ । निर्धारीत समयमा दुबै तर्फगोल हुन नसके पछि खेल ट्राईब्रेकरमा पुगेको हो । ट्राईब्रेकरमा सिटि एसका सुरज गुरुङले हानेको बल गोलमा परिणत हुनसक्दा कालिका गणले जित हासिल गर्न सफल भयो । सिटि एसका विमल थापाले ट्राईब्रेकरमा गोल गरे । कालिकागणको जितमा बृहस्पति पुलामी, ज्ञानेन्द्र चौधरी र चण्डीका चौधरीले ट्राईब्रेकरमा गोल गरेका हुन।धर्मेन्द्र कुवंर र सुनबहादुर तामाङको दुइ गोलको मद्धतले सातौ खेलमा सुक्ला गण्डकी क्लबले हिमालयन क्लब माथि शुन्यको बिरुद्ध दुइ गोल अन्त्ारले पराजीत गरेको हो ।आजको अन्तीम खेलमा आकास गुरुङको निर्णायक एक गोलको मद्धतले आयोजक भिमकालीपाटन क्लब बीले सयपत्री युवा क्लबलाई शुन्यको बिरुद्ध झिनो एक गोल अन्तरले पाखा लगाउदै दोश्रो चरणमा स्थान बनाउन सफल भएको हो ।भोलि पनि ८ वटा खेलहरु हुने भएको आयोजकका सदस्य कविरमान गुरुङले बताउनु भयो ।

 

 



Yes, comment it.

 
 

Back

यो वेबसाइट नेपाली ति बाल बालिकाहरूको लागी समर्पित छ जसको केहि पनि छैन । (This website is dedicated to those children of Nepal who have nothing.)

Copyright (c) 2008 - 2010 nepalportugal.com. All rights reserved. Site best viewed on 1024px by 768px, IE6 or later. | 7

Powered by: