|
बोलिभियामा सडक दुर्घटननामा २० को मृत्यु Friday, July 23, 2010 |
| लापाज, ७ साउन/ बिहीबार लापाजको पश्चिमी भागमा भएको एक सडक दुर्घटनामा कम्तीमा २० को मृत्यु हुनुको साथै एक घाइते भएको कुरा त्यहाँका प्रहरीले जनाएको छ । २५ जना यात्रु बोकेको एक ट्रक पहाडी इलाकाको सडकमा गइरहेको बेला २५० मिटर गहिरो ठाउँमा खस्दा उक्त दुर्घटना भएको हो । नौ बर्षिय एक बालिका ट्रकबाट खसि एक धरापमा परेर पनि बाच्न सफल भएको प्रहरी प्रमुखले बताएका छन् । उक्त घटना ग्रिनवीच समय अनुसार राती १२ बजे भएको र १८ वटा शव निकाल्न सफल भएको कुरा पनि प्रहरीले जनाएको छ । दक्षिणी अमेरिकाको गारिबी राष्ट्र बोलिभियामा सडक दुर्घटना एक सामान्य घटना जस्तै भइरहने गर्दछ ।
|
|
|