लिस्बोन २३ जुलाई/ २८ औ बिपी स्मृति दिवस तथा जन सम्पर्क समिति पोर्तुगलको कार्यकर्ता भेटघाट एबम परिचयात्मक कार्यक्रम बिहिबार पोर्तुगलको लिस्बोनमा भव्यताका साथ सम्पन्न भएको छ। जन सम्पर्क समिति पोर्तुगलका अध्यक्ष पूर्ण हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष हमालले स्वर्गीय महामानव बिपी कोइरालाको तस्बिरमा फुल गुच्छा अर्पण गर्नु भएको थियो।
महामानव कोइराला, भर्खरै दिवंगत कांग्रेस नेता बल बहादुर राई तथा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा भाव पूर्ण श्रद्धान्जली ब्यक्त गर्दै १ मिनेट मौन धारण गरिएको थियो। समितिका कावा अध्यक्ष राजकुमार गौतमले स्वागत मन्तब्य दिदै नेपाली कांग्रेस नेपालको एक मात्र लोकतान्त्रिक र उदारवादी पार्टी भएकाले यस पार्टीको ढोका सबैका लागि खुल्ला भएको बिचार ब्यक्त गर्नु भयो साथै उहाले पोर्तुगलमा आउनु भएका नव आगन्तुक साथीहरुलाई स्वागत गर्दै सबैलाई जनसम्पर्क समितिको छाता भित्र आवद्ध हुन आग्रह गर्नु भएको छ।
पोर्तुगललाई एउटा सुरक्षित गन्तब्य ठान्दै बैधानिक बसोबास तथा रोजगारीको लागि पोर्तुगल आएका नवआगन्तुक नेपाली दाजुभाई दिदीबहिनीहरुको बिचमा चिनजान र सम्पर्क स्थापित गराउने हेतुले आयोजित कार्यक्रममा जनसम्पर्क समिति युरोप समन्वय समितिका सदस्य हेमन्त सेढाईले पोर्तुगलमा हाल जारी ईमिग्रेसन सम्बन्धि नियम कानुनहरु, बैधानिकताको लागि आवेदन दिदा अपनाउनु पर्ने सजकता लगायतका बिबिध बिषयहरुमा जानकारी गराउनु भएको थियो । त्यस्तै अर्का बक्ता भानु सापकोटाले पोर्तुगलमा काम खोज्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो साथै उहाले कामको लागि सामान्य पोर्तुगिज भाषाको ज्ञान आवश्यक भएकोले भाषाको अध्ययन जरुरी भएको बताउनु भयो ।
जन सम्पर्क समिति पोर्तुगलका सल्लाहकार भिम केसि कमल ले बिपि कोइरालाको बहुआयामिक ब्यक्तित्वको बारेमा चर्चा गर्दै बिपि नेपालको एक मात्र सच्चा समाजवादी नेता भएको र कोइरालाले जिवन मा कहिल्यै पनि पद पैसा को मोह नगरि आफनो जिवन नै पार्टी र देशको लागि सुम्पनु भएको बताउनु भयो साथै उहाले जनसम्पर्क समिति पोर्तुगलका बिबिध गतिबिधि हरुको बारेमा पनि चर्चा गर्नु भएको थियो। उहाले बिपिलाई समर्पण गर्दै एउटा गजल पनि प्रस्तुत गर्नु भएको थियो।
जनसम्पर्क समिति पोर्तुगलका सल्लाहकार रमेश गुरुङ, बिष्णु खनाल र नव आगन्तुकहरुको तर्फबाट दामोदर पौडेल र सुशिल शर्मा ले पनि मन्तब्य राख्नु भएको थियो । नव आगन्तुक बक्ताले जन सम्पर्क समिति पोर्तुगलले नया साथिहरुलाई सहयोग गर्ने कुरामा आशावादी रहेको बताउनु भयो। सोहि कार्यक्रममा नवाअगन्तुक नेपाली दाजुभाई दिदिबहिनिहरु, समितिका पदाधिकारीहरु लगायत अन्य गन्यमान्य ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबैले आ आफनो परिचय राख्दै परिचय दिने अवसर मा धेरै ब्यक्तित्वहरुले नेपालमा नेपाली कांग्रेस र त्यस्का भातृ संगठनका बिभिन्न तह र तप्कामा काम गरेको उल्लेख गर्नु भएको थियो।
कार्यक्रमको समापन् गर्दै अध्यक्ष पुर्ण हमालले बिदेशको जिवन संघर्षपुर्ण हुने भएकाले धैर्यता पुर्बक लगनशिल भई कर्म गरेमा सफल हुन सकिने बताउनु भयो साथै उहाले जनसम्पर्क समिति पोर्तुगलले नव आगन्तुक साथिहरुलाई सक्दो सहयोग सल्ल्लाहको लागी कुनै कसर बाकि नराख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रम् समितिका सदस्य बिनोद घिमिरेले सन्चालन् गर्नु भएको थियो ।
|